पूर्वाञ्चल बिश्वबिद्यालयमा सुबिधा सम्पन्न सभाहल बन्ने

  • वैशाख २३, २०८०
  • "कोशीपत्र/संवाददाता"
alt

सुनसरी / पूर्वाञ्चल विश्वविद्यालयमा सुबिधासम्पन्न सभाहल बन्ने भएको छ । बिश्वबिद्यालय परिषरमा बन्न लागेको ७ सय ५० सीट क्षमताको सभाहलसँगै बैंकिङ कारोबारलाई सहज बनाउन नबिल बैंकको शाखा कार्यालयको पनि शिलान्यास गरिएको छ ।

नबिल बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत उक्त सभाकक्ष बनाईदिन लागेको हो । सभाकक्ष र बैकको शाखा कार्यलयको शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्री तथा विश्वविद्यालयका सह–कुलपती अशोक राई र नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानाले संयुक्त रूपमा शिलान्यास गरे ।

सो अवसरमा बोल्दै मन्त्री राईले विश्वविद्यालयहरुलाई बढी राजनितिकरण गरिएको बताएका छन् । राजनीतिक भागबण्डाको आधारमा पदाधिकारी नियुक्त हुने परिपाटीको अझै अन्त्य गर्न नसकिएको भन्दै मन्त्री राईले भागबण्डाले विश्वविद्यालयमा विकृति आएको बताए ।

आफु मन्त्री बनेको एक महिनाको अवधिमा शिक्षाक्षेत्रका सरोकारबालाहरुसँग छलफल गरी सुधार गर्नुपर्ने धेरै कुराहरूको विषयमा जानकारी लिएको उनले बताए । अहिले पनि शिक्षाक्षेत्र सुधारका लागि कतिपय ऐन कानून बन्न नसकेकाले आउदो अधिबेशनमा रोकिएका ऐनलाई पेश गर्ने मन्त्री राईले जानकारी दिए ।

विश्वविद्यालय अनुदान आयोगका पदाधिकारीसँगको छलफलमा धेरै विश्वविद्यालयमा समस्याको चांङ रहेको तर पूर्वाञ्चल विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालयले समस्या भन्दापनि धेरै उपलब्धी हासिल गरेको आफूले पाएको उनले बताए । विश्वविद्यालयहरुले सधै अनुदानको भरमा चल्नेभन्दा पनि आत्मनिर्भर बन्ने चेष्टा गर्नुपर्ने मन्त्री राईको सुझाव छ ।

उच्च शिक्षाको लागि विदेशीने प्रबृत्तीको अन्त्य गर्न विदेश उत्तम स्वदेश खत्तम भन्ने सोचलाई बदल्न विश्वविद्यालयहरुले समय सापेक्ष गुणस्तरीय शिक्षाको ब्यवस्था गर्नुपर्ने आवश्यकता औल्याए । २३ वर्षदेखी शिक्षक दरबन्दी मिलान गर्न नसकिएको जनाउदै बालकक्षा, राहत र करार शिक्षकको समेत समस्या कायमै रहेको मन्त्री राईले बताए ।

विश्वविद्यालयका उपकुलपति प्राडा यादवराज कोइराला र रजिष्टार नीलमणी पोखरेलले चिकित्सा शिक्षा सञ्चालनको लागि सरकारबाट अनुमती पाएसँगै मेडिकल कलेज सञ्चालनको लागि थप साधन श्रोत आवश्यक पर्ने भएकाले उपलब्ध गराइदिन आग्रह गरे ।

आगामी शैक्षिक शत्रदेखि एमबिबिएस कक्षा सञ्चालन गर्ने तयारी गरेको विश्वविद्यालयलाई सबैको साथ सहयोगको आवश्यकता रहेको उनीहरूको भनाइ छ । लामो समयदेखि मेडिकल कक्षा सञ्चालनको अनुमती कुरेर बसेको विश्वविद्यालयले यसैबर्ष मात्र अनुमती पाएको भन्दै सबैको साथ सहयोग भए आगामी शैक्षिक सत्रबाट कक्षा सञ्चालन गर्न सकिने पदाधिकारीहरुको भनाई छ ।

कक्षा १२ को परीक्षा ...

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यही वैशाख ११ गतेदे ...

बीपी प्रतिष्ठानमा अन ...

धरान ।दक्षिण एसियाकै प्रतिष्ठित बीपी कोइराला स्वास्थ्य ...

विचाराधिन सर्दु जलाध ...

धरान । अदालतमा विचाराधीन रहेको धरान १३ र ४ मा रहेको सर् ...

मिसेस स्टेट २०२५ सिज ...

धरान । वुमन्स वर्थ गु्रप को आयोजनामा यहि जेष्ठ १७ गते ह ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved