गर्मी बढेपनि भेडेटारमा चहलपहल छैन

  • बैशाख २३, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान / कोशी प्रदेशकै पर्यटकी स्थलको रुपमा परिचित बन्दै गएको धनकुटाको सागुरीगढी गाउँपालिका भेडेटारमा गर्मी बढेसँगै सर्वसाधारणको चहलपहल बढ्ने गरेको छ ।

तराईमा अत्याधिक गर्मी हुदा भेडेटार सधै चीसो हुने भएकोले प्राकृतिक मनोरम दृश्य सँगै शितलताका लागि तराईबाट भेडेटार उकालो चढ्नेको संंख्या बढ्ने गरेको हो । तर कोरोना सक्रमणपछि भने भेडेटार पुग्नेको संख्यामा कमी आएको भेडेटारका पर्यटन व्यवसायीहरु बताउँछन् ।

तराईका जिल्लाहरुमा अहिले गर्मी अचाक्ली छ । गर्मीले उकुसमुकुस भएको बेला शितलता प्रदान गर्ने रमणीय स्थलको रुपमा सर्वसाधारणले भेडेटारलाई रोज्ने गरेका छन् ।

एक छिन भए पनि उद्युम गर्मी छल्न र भेडेटारको रमणीय स्थल दृश्यावोकन गर्न पुग्नुभएका इनरुवाका कुमार न्यौपानेले छिनछिनमा मौसम परिवर्तत हुने भेडेटारको विशेषताले भेडेटारको आकर्षणमा थप सहयोग पु¥याएको बताए । छिनमा हुस्सु लाग्ने, छिनमा घाम लाग्ने, शितल महसुस हुने भेडेटार रमणीय स्थल भएको गौतमको भनाई छ ।

तर भेडेटारदेखि राजारानीसम्म पुग्ने सडक जीर्ण रहेकोले यो सडक खण्ड निर्माण नहुदा पर्यटकले सास्ती भोग्नुपरेको उनको भनाई छ ।न्यौपानेले मात्र हैन तराईमा धेरै गर्मी भएर गर्मी छल्न भेडेटार पुगेकाहरुले छनछिनमा मौसम परिवर्तन हुने विशेषताले भेडेटारको सौन्दर्यता थपिदिएको बताउने गरेका छन् ।

छिनछिनमा बादल लाग्ने, छिनछिनमा घाम लाग्ने, चिसो हावा चल्ने भेडेटार पूर्वकै सुन्दर पर्यटकीय स्थलको रुपमा रहेका उनीहरुले बताएका छन् । विराटनगरबाट भेडेटार गर्मी छल्नकै लागि पुगेका सविता केसी र सविना घिमिरेले भेडेटार आएपछि विराटनगर फर्किनै मन नलाग्ने बताए ।

गर्मीको मौसममा गर्मी छल्न भेडेटार पुग्नेहरु आन्तरिक पर्यटकमात्र हुदैनन् । यहाँ भारतको पश्चिम बंगालका सर्वसाधारणहरु समेत पुग्ने गरेका छन् । तर कोरोना संक्रमणपछि भने आन्तरिक तथा वाह्य पर्यटक अत्यन्तै कम आउने होटल एसोसिएसन भेडेटारका कोषाध्यक्ष रमेश श्रेष्ठ बताछन् ।

सक्रमणपछि आथिक संकट भएकोले पनि विगतका बर्षहरुभन्दा कम पर्यटक पुग्ने गरेको उनको भनाई छ । भेडेटार आन्तरिक तथा वाह्य पर्यटकका लागि आकर्षक गन्तव्य स्थल बनेको छ । यहाँको चिसो हावापानीमात्र हैन आसपासमा भएका पर्यटकीय क्षेत्रले गर्दा पनि पर्यटक तान्ने गरेको हो ।

नमस्ते झरना, भुत बस्ने घर, चाल्स पइन्छ, ध्वजे डाँडा, राजारानी ताल लगायतका आकर्षक गन्तव्य स्थलका कारण पनि भेडेटारमा पूर्वबाट मात्र हैन भारतको पश्चिम बंगालका पर्यटक आउने गरेका छन् ।

विगतमा विदाका समयमा हजारौ सर्वसाधारण भेडेटार पुग्ने गरे पनि कोरोना संक्रमण पछि भने कम पर्यटक आउने एसोसिएसनले जनाएको छ । विगतको तुलनामा कम आए पनि पुन ः पर्यटक बढ्ने आशामा यहाँका पर्यटन व्यवसायीहरु आशावादी छन् ।

कुम्भ मेलाको समयमा प ...

धरान/ अहिले चतरामा १२ बर्षे पिण्डेश्वर पूर्ण महाकु ...

धनकुटामा सम्पन्न गोल ...

धरान/ धनकुटामा सम्पन्न साँतौ खादल सिंहदेवी गोल्डकप ...

इलामको विकासको जिम्म ...

इलाम/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फाल्ग ...

सुनाखरी एकेडेमीका कक ...

धरान/  धरान-१२ चतरालाईन स्थित सुनाखरी एकेडेमी बाट ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved