एनआइसी बैंकको एटिएम कार्ड बिग्रिएर सर्वसाधारण हैरान

  • वैशाख २४, २०८०
  • "स्नेहा श्रेष्ठ ।"
alt

विजयपुर / बैंकहरुले सर्वसाधारणको सजहताका लागि एटिभएम कार्ड प्रयोगमा ल्यायो ।

यतिमात्र हैन पछिल्लोसमय बैंकहरुले मोवाइल बैंकिङ कारोबार पनि सञ्चालन गरेकोछ । तर प्रभावकारी नहुदा सर्वसाधारणले सास्ती भोग्नु परेको छ ।सर्वसाधारणले विना झन्झट, घण्टौ लाइनमा बस्नु नपरोस् भनेर यस्ता सुविधा ल्याएका हुन् । तर पछिल्लो एनआइसी एसिया बैंकको धरान शाखाले सञ्चालन ल्याएको एटिएम मेसिनमा कहिले पैसा सकिएर नचल्ने, कहिले प्राविधिक समस्याले नचल्ने गर्दा सेवाग्राहीरुमा मारमा परेका छन् ।

nic-bank-3

आइतबार पनि बैंक परिषरमा राखेको दुई वटा एटिएम मेसिनमध्य एउटा मेसिनको सर्वरै डाउन भएर नचल्ने अवस्थामा रहेको थियो । एउटा बिग्रेको र अर्को सञ्चालन भएकोमा पनि घण्टौ लाइनमा बस्नुपर्ने बाध्यता भएको उनीहरुले दुःखेसो पोखेका थिए । प्रायः जसो पैसा झिक्न आउँदा एटिएम मेसिन बिग्रिएको अवस्थामा रहने उनीहरु बताउँछन् ।

धरान १५ की विमला श्रेष्ठ सहजताका लागि एटिएम कार्ड लिए पनि पैसा झिक्ने बेलामा झन्झट हुने गरेको बताइन् । उनले भनिन्–‘सहजताका लागि हामीले एटिएम कार्ड लिएका होै, बार्षिक रुपमा हामीबाट एटिएम कार्ड रिनोको लागि ४ सय रुपैया लिने गरेको छ, तर सहज रुपमा कहिल्यै रकम झिक्न पाइएन ।’

nic-bank-2

धरान बाहिर जाने काम परेकोले एटिएमबाट पैसा झिकेर त्यही योजना बनाएर हिडेको भए पनि रकम निकाल्न नपाएको गुनासो श्रेष्ठको छ ।यस्तै भनाई अर्का सेवाग्रही रमेश राईको छ । उनी भन्छन्–अपरझट पैसाको काम पर्दा एटिएम कार्ड प्रयोग गर्ने हो, एटिएम कार्ड भएकै कारण मैले चेक बुक समेत लिएको छैन, चाडो काम हुन्छ भनेर एटिएम लिएको तर जहिल्यै बिग्रिएकोमात्र हुन्छ ।

यस विषयमा एनआइसी शाखा धरानकी कर्मचारी अमृता श्रेष्ठले एटिएम मेसिन समय समयमा बिग्रिने भए पनि चाडो समस्या समाधान गर्ने गरेको बताइन् । उनले भनिन्–‘कहिले पैसा सकिने, कहिले सर्भर नचल्ले लगायतका समस्या भएपनि त्यो समस्या लामो समयसम्म हुँदैन, बैंकले त्यसको समाधान गरिहाल्छ ।

कक्षा १२ को परीक्षा ...

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यही वैशाख ११ गतेदे ...

बीपी प्रतिष्ठानमा अन ...

धरान ।दक्षिण एसियाकै प्रतिष्ठित बीपी कोइराला स्वास्थ्य ...

विचाराधिन सर्दु जलाध ...

धरान । अदालतमा विचाराधीन रहेको धरान १३ र ४ मा रहेको सर् ...

मिसेस स्टेट २०२५ सिज ...

धरान । वुमन्स वर्थ गु्रप को आयोजनामा यहि जेष्ठ १७ गते ह ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved