ढोल झ्याम्टाको तालमा कोशी नामाकरण खारेजीको माग

  • वैशाख २३, २०८०
  • "कोशीपत्र/संवाददाता"
alt तश्वीरहरु : च्यानल धरान

धरान । शुक्रबार देखि शुरु भएको किरात समुदायको मौलिक पर्व उभौली उल्लासपुर्ण ढंगले किरात राईहरुले मनाई रहेका छन् ।

8
धरानका विभिन्न चौंकहरुमा उभौलिको अवसरमा ढोल झ्याम्टा बताउँदै साकेला नाचिरहेका भेटिन्छन् । किरात समुदायको इतिहास र सभ्यतासँग सम्बन्धित साकेला अन्नबाली छर्ने बेला अर्थात वैशाख पूर्णिमा र अन्नबाली उठाउने समय मंसिर पूर्णिमामा एक÷एक महिना दिनसम्म मनाउने गरिन्छ ।

7 किराँत समुदायमा भूमि, पितृ र अन्नको पूजाआजा गरी साकेला चाड मनाउने प्रचलन रहेको छ ।
आज शनिबार पनि धरानको भानुचौंकमा किरात राई यायोख्खा धरान उपमहानगर समितीको आयोजनामा शुभकामना आदान प्रदान कार्यक्रम गर्दै उभौली भव्यताका साथ मनाएका छन् । किरात राई यायोख्खा सुनसरीको आयोजनामा १५ दिन सम्म जिल्लाका सबै पालिकाहरुमा उभौली मनाउने कार्यक्रम तय गरिएको छ ।

6 5 उभौलि पर्वको क्रममा शनिबार सांस्कृतिक पहिरनमा सजिएर भेला भएका किरात राईहरुले कोशी प्रदेश नाम खारेजीको माग गर्दै मनाइरहेका छन् । उनीहरुले साकेला शैलिकै गितमा ‘कोशी प्रदेश नामाङ्कन खारेज गर, पुनःनेपालको प्राचीन सभ्यता एवम् वहु पहिचानको आधारमा किराँत प्रदेश नामाकरण गर’ नारा लगाएका छन् । यायोख्खा सुनसरीको अनुसार उभौली पर्व आउँदो जेठ ६ गते धरान १७ स्थित साकेला पार्कमा समापन हुनेछ । उभौलीको अवसरमा वडा कार्य समिती स्तरीय साकेला सिलि प्रतियोगिता आयोजना पनि गरिने भएको छ ।

कक्षा १२ को परीक्षा ...

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यही वैशाख ११ गतेदे ...

बीपी प्रतिष्ठानमा अन ...

धरान ।दक्षिण एसियाकै प्रतिष्ठित बीपी कोइराला स्वास्थ्य ...

विचाराधिन सर्दु जलाध ...

धरान । अदालतमा विचाराधीन रहेको धरान १३ र ४ मा रहेको सर् ...

मिसेस स्टेट २०२५ सिज ...

धरान । वुमन्स वर्थ गु्रप को आयोजनामा यहि जेष्ठ १७ गते ह ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved