धरान १७ का वडाध्यक्ष भट्टराईमाथि अभद्र व्यवहार गर्ने तीन जना पक्राउ

  • बैशाख २५, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान । वडा कार्यालयमा पुगेर  अराजक गतिविधि गर्ने विरुद्ध कारबाहीका लागि वडा कार्यालयले इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिएको  छ ।

धरान उपमहानगरपालिका वडा नं. १७ का वडाध्यक्ष सूर्यकुमार भट्टराईमाथि टोल विकास समितिकोे छलफल भइरहेको समयमा एकजना युट्युव च्यानलका व्यक्तिले भिडियो खिचेपछि भिडियो नखिच्न आग्रह गर्दा वडाध्यक्षमाथि नै जाइलाग्ने, कालो मोसो दल्छु भन्ने जस्ता अमानीय व्यवहार देखाएपछि प्रहरीलाई खबर गरिएको थियो । 

प्रहरीले ती व्यक्तिसहित दुई जनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय धरानमा लगेको थियो । लगत्तै वडा कार्यालयका कार्यवाहक वडा वडाध्यक्ष मनिष विष्टले  काबारहीका लागि इलाका प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

इलाका प्रहरी कार्यालय धरानका डिएसपी नवराज मल्लले वडामा हो हल्ला गर्दै गरेको अवस्थामा तीन जनालाई पक्राउ गरेको बताए । उनले भने–‘हामीले भिडियो खिच्नेसहित अन्य हुल हुज्जतमा संलग्न भएको आरोमा तीन जनालाई पक्राउ गरेका छा्र्रै, वडाको तर्फबाट पनि कारबाहीको लागि उजुरी परेको छ, वडाध्यक्षलाई कालो  मोसो दल्ने प्रयास गरेको, आक्रमणको प्रयास गरेको भन्ने उजुरीमा उल्लेख छ, यसका विषयमा हामी छानविन गछौं ।’

्उनले हुलहुज्जत गर्नेको नाम भने सार्वजनिक गर्न मानेनन्, उनले भने–‘भोलि हामी अदालतबाट म्याद थप गरेर ल्याउँछौं, त्यसपछि नाम सार्वजनिक गछौं ।’

यता धरान १७ का वडाध्यक्ष सूर्यबहादुर भट्टराई मनोजले आइतबार आफू नभएको बेलामा टिएलओबाट ध्यानाकर्षणपत्र बुझाइएको विषयमा टिएलओसँग बुझ्नको लागि छलफल गर्ने क्रममा अपरिचित व्यक्तिले भिडियो खिच्ने क्रममा नखिच्न आग्रह गर्दा आफूमाथि नै अभद्र व्यवहार गरेकोले प्रहरीलाई बुझाइएको बताए ।

उनले भने–हिजो टिएलओको नामबाट म नभएको अवस्थामा ध्यानाकर्षणपत्र बुझाइएको रहेछ, वडाबासीलाई वडा कार्यालयको कामप्रति असन्तुष्ट भए ध्यानाकर्षण बुझाउने अधिकार छ, यस विषयमा मैले आज (सोमबार) सबैसँग बुझ्ने क्रममा एक जना अपरिचित व्यक्तिले भिडियो खिचेपछि नखिच्न आग्रह गर्दा उनी आक्रमक शैलीमा प्रस्तुत भए, कालो मासो दल्ने सम्मको धम्मी दिए, हामीले तुरुन्तै प्रहरीलाई खबर गरेर उनलाई बुझाइदियौं ।’

पक्राउ परेकाहरुमध्ये धरान १७ कै स्थानीय गोविन्द श्रेष्ठ, युट्युव च्यानलका ललित भनिने व्यक्ति र अर्का नाम नखुलेका एक व्यक्तिलाई पक्राउ गरिएको बुझिएको छ । उनीहरुलाई कानुनी कारबाहीका लागि प्रक्रिया अगाडि बढाइ सकिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी मल्लले जानकारी दिए ।

इलामको जिम्मा सुहाङक ...

इलाम/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब इल ...

इलाम २ उप निर्वाचन १ ...

इलाम/ नेकपा (एमाले)का उमेदवार सुहाङ नेम्वाङको संसद ...

एमालेको विजय सभालाई ...

इलाम/ इलाम–२ को उपनिर्वाचनमा जित हासिल गरेपछ ...

इलाम-२ मा एमालेका सु ...

इलाम/ इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा खसेको म ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved