‘यसको जिम्मा मेयरले लिनुपर्छ’ "दुवैतर्फ सन्तुलनमा बसेका उपमेयर बल्ल बोले"

  • वैशाख २६, २०८०
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ र वडासदस्य तथा कार्यपालिका सदस्य बीच बढ्दै गएको दूरीका विषयमा भूमिका विहीन अवस्थामा रहेको आरोप खेपेका उपमेयर अइन्द्र विक्रम बेघाले आफ्नो धारणा सार्वजनिक गर्दै उनले .यो समस्याको समाधान मेयरबाट हुनुपर्ने बताएका छन् ।

उनले धरान १७ का वडाध्यक्ष सूर्यबहादुर भट्टराई (मनोज) माथि भएको दुव्र्यहार खेदजनक भएको स्पष्ट पार्दै यसमा मेयरले अभिभावकीय भूमिका निर्वाह गरी समस्या समाधानतर्फ उन्मुख हुनुपर्ने धारणा राखेका छन् ।

upameyar 1 सोमबार धरान १७ का वडाध्यक्ष सूर्यकुमार भट्टराई (मनोज) माथि भएको दुव्र्यहार र त्यसपछि वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरुले इलाका प्रहरी कार्यालय घेराउ गरेको सन्दर्भलाई लिएर उनले मेयरलाई आफ्नो हठ त्यागी जायज मागमा सकारात्मक भई कार्यपालिका बैठक सञ्चालनमा मेयरले सहयोग गर्नुपर्ने धारणा व्यक्त गरेका छन ।

उपमेयर बेघाले धरान १७ मा भएको घट्नापछि उत्पन्न भएको परिस्थितिलाई मध्यनजर गरी मगलबार प्रेस विज्ञप्ती मार्फत आफ्नो धारणा सार्वजनिक गरी यस्ता उच्छृखल गतिविधि गर्नेलाई प्रोत्साहान नगरी कारबहीको दायरामा ल्याउनुपर्ने धारणा रोखका छन् ।

उनले भनेका छन्–‘धरान १७ मा वडाध्यक्षमाथि भएको दुव्यहार जस्ता घट्नाले कसैको हित गर्दैन,यस्ता कार्यलाई प्रोत्साहित गर्ने भन्दा पनि दुव्र्यहारमा संलग्नललाई कानूनी कारबाही अगाडि बढाउनुपर्छ ।’ अहिलेको विषम परिस्थितिलाई सहजता तर्फ नलाने हो भने भोलिका दिनमा यो भन्दा जटिल अवस्था सिर्जना हुने भन्दै सहज हुन आवश्यक रहेको विज्ञप्ती मार्फत आफ्नो धारणा पेश गरेका छन् ।

उनले धरानको विकास र समृद्धिका लागि सबै सहकार्य गरेर अगाडि बढ्नुपर्ने धारणा विज्ञप्ती मार्फत सार्वजनिक गरेका छन् ।


हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved