ठेकेदारको चरम लापारबाही धरानका दुई वटा पुल समयमै निर्माण नहुदा अलपत्र

  • बैशाख २७, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान / चरम लापारबाहीका कारण ठेकेदार कम्पनीहरुले निर्माणको जिम्मा लिएको भौतिक संरचनाहरु समयमै काम पूरा नगरी बीचैमा छोडेर जाने प्रवृत्ति पछिल्लो समय बढ्दै गएको पाइएको छ ।

ठेक्का लिने तर काम नगरी बीचैमा अलपत्र पारेर हिड्ने प्रवृत्तिले समयमै कामले पूर्णता नपाउनु त छँदैछ, निर्माणका लागि राखिएका सामाग्री हराउने,चोरी हुने समेत हुने गरेको छ ।

यस्तै भएको धरान ५ देवी गाउँ रहेको जरेआहाल र मुक्तिला जोड्ने मसाने खोलाको निर्माणाधीन पुल काम नसकी ठेकेदार कम्पनी फरार भएपछि अहिले काम ठप्प भएको छ ।

१० प्रतिशत पनि काम नगरी झापाका ठेकेदार पशुपति बरालले बीचैमा छोडेर अलपत्र पारेपछि अहिले यस भेगका सर्वसाधारणलाई आवातजावत तथा कृषि सामाग्री बजारसम्म ल्याएर विक्री गर्न पनि कठिन भएको छ। प्रदेश सरकारको आर्थिक सहयोगमा ०७४ सालकै जननिर्वाचित प्रतिनिधिले शुरुवात गरेको पुल अहिले अलपत्र अवस्थामा रहेको धरान ५ का वडाध्यक्ष मनप्रसाद लिम्बु बताउछन् ।

निर्माणको काम नहुदा त्यहा रहेका गिटी, बालुवा, निर्माणका लागि प्रयोग हुने सेटिङ काठ, सिमेन्ट बगाएर लगेको बताए। यो एउटा पुलमात्र हैन धरान ५ कै तल्लो देउराली र खैरेनी जोड्ने पुलको हालत पनि उस्तै छ। ६ बर्ष अगाडि निर्माण शुरु भएको सो पुल समयमै निर्माण नभएपछि सडक डिभिजन कार्यालयमा गएर ठेकेदार कम्पनीसँग निर्माणका लागि कागज गरिएको वडाध्यक्ष लिम्बु बताउछन् ।

कागजमा ठकेदार कम्पनीले ०७९ को असार मसान्तभित्र सक्ने सम्झौता गरेको भएपनि अहिले काममा ढिलासुस्ती हुदा सामान्य रुपमा आउजाउ गर्न सकिए पनि पूर्ण रुपमा निर्माण सम्पन्न हुन नसकेको उनको भनाई छ ।

बीचैमा काम छोडेर काम नै ललालिंग बनाउने निर्माण कम्पनीलाई कारबाहीको दायरामा ल्याउन नसक्दा निर्माण भएका भौतिक संरचना अर्धकल्चो अवस्थामा छोडेर ठेकेदार फरार हुने गरेको स्थानीयको भनाई छ ।

प्रदेश र केन्द्रको आयोजनामा बनेका मसाने खोला र अँधेरी खोलामा बनेका यी पुल ठेकेदार कम्पनीका लापारबाहीका कारण बन्न नसकेको धरान उपमहानगरपालिकाका योजना प्रमुख इन्जिनियर सुरज श्रेष्ठ बताछन् ।

लापारबाहीका कारण ठेकेदार कम्पनीले काम छोडेर बीचैमा अलपत्र पार्ने प्रवृत्तिप्रति उपमहानगरपालिका गम्भीर भएको बताउदै सम्बन्धि पक्षसँग समन्वय गरेर ठेकेदार कम्पनीलाई सचेत गराएको बताए ।

उनले हामीले ठेकेदार कम्पनीलाई जानकारी गराइसकेको बताउदै अटेर गरेको खण्डमा कारबाहीका लागि प्रक्रिया बढाउने बताए।धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्रविक्रम बेघाले केही समय अगाडि अलपत्र परेका पुलको अनुगमन गरेको बताए ।

उनले ठेकेदारलाई फोन सम्पर्क गर्दा फोन नउठाउने गरेका बताए। पुल अलपत्र पारेर हदैसम्मको लापाही गर्ने ठेकेदार कमपनीलाई कारबाहीको प्रक्रिया अगाडि बढाउने बाहेक अर्को विकल्प नभएको बताए ।

सम्बन्धित निकायले यस्ता ठेकेदार कम्पनीलाई कारबाहीको प्रक्रिया अगाडि नबढाउने,कालो सूचिमा नराख्ने गरेकोले पनि ठेकेदारले ठेक्का लिने बीचैमा छोड्ने प्रवृत्ति बढेको हो। सम्बन्धित निकाय कडा रुपमा प्रस्तुत भएर कारबाहीको दायरामा ल्याउने हो भने यस्ता प्रवृत्तिको अन्त्य हुने निश्चित छ ।

राश्ट्रिय विभुति महा ...

पाँचथर/ राष्ट्रिय विभुति एवं किराँत धर्मका महागुरु ...

कृषिमूल्य सूचना प्रण ...

विराटनगर/ प्रमुख कृषि बजारमा पाइने कृषिउपजहरुको सू ...

कोशीमा नयाँ सरकार बन ...

विराटनगर/ नेकपा माओवादी कोशी प्रदेश संसदीय दलका ने ...

ढुङ्गाले किचेर १ जना ...

ताप्लेजुङ/  ताप्लेजुङको फुङलिङ नगरपालिका-३ का ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved