भीमनारायण गोल्डकप उद्घाटन

  • वैशाख २७, २०८०
  • "कोशीपत्र/संवाददाता"
alt

धनकुटा / धनकुटामा सहिद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिता उद्घाटन आज हुने भएको छ । धनकुटाको टुँडिखेल मैदानमा दिउँसो २ बजे हुने प्रतियोगिताको उद्घाटन धनकुटा नगरपालिकाका नगर प्रमुख चिन्तन तामाङले गर्नेे आयोजकले बताएका छन ।

प्रतियोगिता उद्घाटन समारोह पश्चात खेल करिब दिउँसो ३ बजेबाट सुरु हुने प्रचारप्रसार समिति संयोजक विदुर खवासले बताएका छन। पहिलो चरणको उद्घाटन खेलमा आयोजक टिम धनकुटा र पेमा युवा क्लव विराटनगरबीच प्रतिस्पर्दात्मक खेल हुने । सहिद भिमनारायण स्मृति प्रतिष्ठानले आयोजना गरेको प्रतियोगिता जेठ २ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतियोगिताको उपाधिका लागि ८ टिमको सहभागिता रहने छ। जागृती फुटवल क्लव सुनसरी,राष्ट्रिय झापा फुटवल क्लव,भारतको सिलगुडीस्थित कञ्चनजंगा फुटवल क्लव, प्लानिङ ब्वाईज क्लब काठमाण्डौ, एपीएफ काठमाण्डौ र विरगञ्ज युनार्यटेड समेत प्रतियोगितामा सहभागि छन्। प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले २ लाख ५० हजार पाउँने आयोजकले जनाएको छ ।

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved