विराटनगरका अधिकांश मासु पसल मापदण्ड विपरीत सञ्चालन

  • बैशाख २७, २०८०
  • कोशीपत्र/संवाददाता
alt

मोरङ / विराटनगरका अधिकांश मासु पसल सञ्चालकले तोकिएको मापदण्ड पूरा नगरी सञ्चालन गरेको पाइएको छ ।

विराटनगर महानगरपालिकाले गरेको अनुगमनका क्रममा तोकिएको मापदण्डविपरीत मासु पसल सञ्चालन गरेको पाइएको हो । आर्थिक विकास समितिका संयोजक श्याम घिमिरे नेतृत्वको टोलीले मंगलबार विराटनगर ८, ९ र १० वडा नम्बरमा सञ्चालित आधा दर्जनभन्दा बढी मासु पसलको अनुगमन गर्दा यस्तो पाइएको होे ।

संयोजक घिमिरेका अनुसार अनुगमनका क्रममा कतिपय पसलले वध गर्ने र बिक्री कक्षसँगै रहेको, राम्ररी सिसा नलगाएको, झिंगा भन्किएको भेटिएको थियो ।

उपभोक्ताले सफा,स्वच्छ मासु उपभोग गर्ने अधिकार भए पनि अनुगमन नहुदा मासु पसल सञ्चालकहरुले अनुगमनका क्रममा मापदण्ड विपरीत पसल सञ्चालन गरेको पाइएको विराटनगर १९ का अध्यक्षसमेत रहेका समितिका संयोजक घिमिरेको बताए ।उनले महानगरले सञ्चालन गरेका विभिन्न अभियानअन्तर्गत माछामासु पसलको अनुगमनलाई तीव्रता दिएको उल्लेख बताए ।

अनुगमनका क्रममा मासुको गुणस्तर,पसलको व्यवस्थापन,दर्ता,नविकरणलगायतका कुराहरुलाई हेरिएकोे महानगरको पशुपंक्षी शाखा प्रमुख शुभनारायण यादवले जानकारी दिऐ। अनुगमन टोलीले दर्ता र नविकरण नगरेका पसललाई १५ दिनभित्र दर्ता र नविकरण गर्न अल्टिमेटमसहितको पत्र दिएको थियो ।

आपतकालीन सेवा सञ्चाल ...

विराटनगर / विराटनगर महानगरपालिकाले स्थानीय आपतकालीन सेव ...

रोयल इस्ट्रन इन्फिल् ...

विजयपुर / बिश्व वातावरण दिवसको अवसर पारेर रोयल इस्ट्रन ...

वडाध्यक्षले शक्तिको ...

मोरङ / मोरङको रतुवामाई नगरपालिका वडा नम्बर ६ का वड ...

देशको केही पहाडी भू– ...

सुनसरी /  पश्चिमी  वायुका साथै स्थानीय व ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2023 - Koshipatra.com All rights reserved