मेयर विरुद्ध पत्रकार महासंघ सुनसरी आन्दोलित

  • बैशाख २८, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान / सुनसरीका सञ्चारकर्मीमाथि धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले गरेको दुव्र्यवहारप्रति नेपाल पत्रकार महासंघ सुनसरीले आन्दोलन गर्ने भएको छ ।महासंघका अध्यक्ष जनकऋषि राई र सचिव धु्रव ढकालले विहीबार संयुक्त विज्ञप्ती प्रकाशित गर्दै चरणवद्ध आन्दोलनको घोषणा गरेको हो ।

घोषित कार्यक्रम अनुसार मेयरले सञ्चारकर्मीमाथि गरेको दुव्र्यवहारविरुद्ध वैसाख २९ गते शुक्रबार जिल्ला प्रशासन कार्यालय सुुनसरीमार्फत गृहमन्त्रालयलाई ज्ञापनपत्र बुझाउने, वैसाख ३० गते शनिवार सुनसरीबाट प्रकाशित पत्रपत्रिका र अनलाइन पोर्टलहरुमा एउटै नारा प्रकाशन ÷प्रशारण गर्न अनुरोध गर्ने, वैसाख ३१ गते आइतबार सबै पत्रकारहरुले सामाजिक सञ्जालमा एउटै नारा लेख्ने, जेष्ठ १ गते सोमबार धरानमा मौन जुलुस निकाल्ने र जेष्ठ २ गते मंगलबार धरानका पूर्व नगरप्रमुखहरुसँग अन्तरक्रिया गर्ने कार्यक्रम सार्वजनिक गरेको छ ।

2

मेयर साम्पाङले प्रेस स्वतन्त्रता हनन हुने गरी उनको फेसबुक पेज ‘हर्क साम्पाङ ए रेभुलेसन’ मार्फत अवहाफ फैलाउने, महासंघले बुझाएको तीन दिने अल्टिमेटमसहितको ध्यानाकर्षणको खिल्ली उडाउने लगायतका का गरेपछि महासंघले आन्दोलनको घोषणा गरिएको नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राईले बताए ।

उनले भने–‘उनको व्यक्तिगत सामाजिक सञ्जालमाथि पत्रकारलाई अनावश्यक रुपमा गाली गलौज गर्ने, अपशब्द बोल्ने गरेपछि वैसाख २३ गते तीनदिने अल्टिमेटमसहितको ध्यानाकर्षणपत्र दिएका थियौ, उनले आधारिक रुपमा हामीलाई त्यो समेत बुझाएका छ्रैनन् अहिले पनि उनको व्यवहारमा परिवर्तन आएको छैन, यसले गर्दा महासंघले आन्दोलनको घोषणा गरेको हो ।’

 

3 1
महासंघले प्रकाशित गरेको विज्ञप्तीमा भनिएको छ–‘लोकतन्त्रमा स्थायी प्रतिपक्ष मानिने प्रेसले आलोचनात्मक टिप्पणी गर्ने आफ्नो धर्म निर्वाह गर्दा त्यसलाई विरोधको अर्थमा बुझिनु गलत भएको महासंघको ठहर छ । मेयरले देखाएको पछिलो कार्यशैली र कार्य कुनै पनि सभ्य समाजका लागि लज्जाको विषय हो ।

उहाँकै कारणले गर्दा पत्रकारहरूले असुरक्षित महसुस गर्नुपर्ने अवस्था सिर्जना भएको छ । सञ्चार ऐन बनाएर स्वतन्त्र पत्रकारिताको रक्षा गर्नु स्थानीय सरकारको दायित्व हो, तर सरकार प्रमुख आफैं स्वतन्त्र प्रेसविरोधी देखिनु दुर्भाग्यपूर्ण भएको हामीले ठहर गरेका छौं ।’

भरौल खानेपानीलाई वजे ...

ललितपुर /   कोशी प्रदेशसभा सदस्य विजयकुम ...

दलित समुदायका पेशाकर ...

धरान/  परम्परागत पेशा गर्दै आएका धरानका विपन् ...

‘इलेक्सन टुरिस्ट’ ले ...

इलाम/ पर्यटकीय जिल्ला इलामको क्षेत्र २ मा वैशाख १५ ...

कुम्भ मेलामा सर्वसाध ...

धरान/ प्राचीन हरिद्वार सुनसरीको चतरामा महाकुम्भको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved