धरानमा सुच्चा राईले गरे उभौलीपर्वमा विशेष पूजा

  • वैशाख २८, २०८०
  • "कोशीपत्र/संवाददाता"
alt

धरान / किरात राईहरुले महान चाड साकेला उभौली वैसाख पूर्णिमा देखि धुमधाम मनाइरहेका छन् । राई भित्रको पनि किरात सुच्चा राईले उभौलीको पञ्चमी तिथिर्मा पितृको सम्झना गर्दै थानमा पूजा अर्चना गरेर मनाएका छन् ।

यो दिन उनीहरुले होमेबाजे (पुजारी बाजे) बाट आवश्यक सामाग्री तर्जुमा गर्छन । त्यसपछि ढुंगा र रुखको थानमा सामग्री राखी होमेबाजबाट गर्ने गरिन्छ ।

suchha-rai-11

प्रदेश १ का धरान, सुनसरी, इलाम, पाँचथर, मोरङका सुच्चा राईहरुले सामुहिक पूजा गरेका थिए ।
कार्यक्रममा प्रमुख अथितिको रुपमा आदिवासी जनजाति राष्ट्रिय उत्थान प्रतिष्ठानका केन्द्रीय उपाध्यक्ष एवम् अर्थविद् जित्पाल किरातको समेत उपस्थिति रहेको थियो ।

परिवारमा सुख शान्ति मिलोस्, पितृबाट सधै आर्शीवाद मिलोस् भन्दै होमेबाजे (पूजारी बाजे) बाट आर्शिवाद लिने प्रचलन छ । यस्तै पूजाआजाकै क्रममा भाले बलि दिने प्रचलन रहेको सुच्चा राई कल्याण समाजका उपाध्यक्ष विनोश राईले बताए । 

suchha-rai-44

पूजा समोहरमा २ सय ८० भन्दा बढी सुच्चा राईहरुको सहभागिता रहेको उनले जानकारी दिए । धरान १०, सायाबुङ मार्गको ढुंगा र रुखको थानमा पूजा आयोजना भएको थियो । त्यही स्थानमा सुच्चा राई कल्याण समाजले २ करोड ५० लाखको लागतमा वहुउद्देश्य भवन बनाउन लागेको उपाध्यक्ष राईले जानकारी दिए ।

१६ वर्षदेखि फरार कैद ...

सुनसरी/ सरकारी छाप र दस्तखत कीर्ते मुद्दामा १६ वर् ...

मेचीनगरमा ‘लम्पी स्क ...

झापा/ मेचीनगर नगरपालिकाका विभिन्न वडामा पशुहरूमा स ...

धरान–कालाबञ्जार खण्ड ...

धरान/ सुनसरीको बराहक्षेत्र नगरपालिका–१ स्थित ...

एस.ई.ई. स्पिकर २०८१ ...

धरान/ र्याडिकल लाइट नेपाल प्रा.लि., धरानको आयोजनामा एस. ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved