असुरक्षित भएको भन्दै गृहमन्त्रालयमा ज्ञापनपत्र

  • बैशाख ३०, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान / सुनसरीको धरानलाई कार्यक्षेत्र बनाएर काम गर्ने सञ्चारकर्मी स्थानीय सरकारका प्रमुखबाटै असुरक्षित भएको भन्दै गृहमन्त्रालाई गुहारेका छन् ।

मेयर साम्पाङ र उहाँका समर्थकहरुले सञ्चारकर्मीमाथि लगातार गरेको दुव्यवहारपछि असुरक्षित भएको भन्दै जिल्ला प्रशासन कार्यालय सुनसरीमार्फत गृहमन्त्रालाई ज्ञापनपत्र बुझाएको हो ।

सोमबार ज्ञापनपत्र बुझाउन जाँदा धरानका मात्र सञ्चारकर्मी थिएनन् । नेपाल पत्रकार महार्सघ सुनसरीसहित कोशी प्रदेश पत्रकार महासंघ विराटनगरका सञ्चारकर्मीहरु समेत आएका थिए । धरानमा मेयर र उहाँका समर्थकबाट नै असुक्षित भएको महसुस भएपछि प्रेस स्वतन्ताको प्रत्याभूतिको माग गर्दै जिल्ला प्रशासन कार्यालय सुनसरीमै पुगेर ज्ञापनपत्र बुझाउँदै सुरक्षाको माग गरेका हुन् ।

gayapan-patra-2

हरेक राजनीतिक परिवर्तनमा सञ्चारकर्मीको भूमिका उल्लेख्य भएपनि पछिल्लो समय कुनै न कुनै हिसाबले सञ्चारकर्मीमाथि दबाब आउने गरेकोले सुरक्षित भएर काम गर्ने वातावरण मिलाई दिन महासघ सुनसरीले सम्बन्धित पक्षसँग माग गरेको छ । नेपाल पत्रकार महासघ सुनसरीका अध्यक्ष जनकऋषि राईले विशेष गरेर धरानमा मेयर साम्पाङले सञ्चारकर्मीको नामै तोकेर अभद्र व्यवहार गरेको बताए ।

सञ्चारकर्मीको समस्यामा सबै एक जुट हुनुपर्छ भन्ने अभिप्रायले प्रदेशले समेत समर्थन जनाएर ज्ञापनपत्र बुझाउन आएको कोशी पत्रकार महासंघका अध्यक्ष लिला बल्लभ घिमिरे बताए । उनले यो समस्या धरानको मात्र नभई समग्र पत्रकारिता क्षेत्रको भएकोले यस्ता समस्यामा एक जुट भए जानुको विकल्प नरहेको बताए ।

gayapan-ptra-7

ज्ञापनपत्र बुझ्दै सुनसरीकी प्रजिअ हुमकला पाण्डेले जिल्ला प्रशासन कार्यालयमार्फत गृहमन्त्रालयलाई दिएको ज्ञापनपत्र समयमै सम्बन्धित निकायमा पु¥याउने प्रतिबद्धता जनाएकी छन् ।

कुम्भ मेलामा सर्वसाध ...

धरान/ प्राचीन हरिद्वार सुनसरीको चतरामा महाकुम्भको ...

सुनसरीमा फर्सीखेतीबा ...

सुनसरी/ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम ...

मतदान केन्द्रमा पठाइ ...

इलाम/ इलाम–२ को उपनिर्वाचन आउन तिन दिन ...

वराहक्षेत्र वडा नं. ...

बराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका वडा ९ मा चालु आ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved