धरानको पुरानो बजार जीर्ण भत्किने र टाल्ने काम सधै हुन्छ

  • बैशाख ३०, २०८०
  • स्नेहा श्रेष्ठ ।
alt

 

विजयपुर / धरान उपमहानगरपालिका वडा नं. २ को सिंहदेवी मार्गदेखि गीतमन्दिर जाने बाटो छेउमा जहिल्यै सडक भत्किन्छ । यो सडक ६ – ६ महिनामा टालटुल गरिएको पाइन्छ। गुणस्तरहीन सडक निर्माण भएकोले सडक भत्किरहने समस्या हुने गरेको स्थानीयहरु बताउँछन्।

यस बर्ष पनि सडक बोर्ड नेपालले स्थानीय सरकारलाई सडक निर्माणका लागि दिएको रकमले यो सडक टालटुल गरिदैछ ।बोर्डले धरानका विभिन्न स्थानका सडक स्तारोन्नतिका यस बर्ष लागि १ करोड १५ लाख रुपैया प्रदान गरेको छ।

purno bajar pic-1

उपमहानगरपालिकाले ३० प्रतिशत थपेर धरानका चारवटा बाटोलाई स्तरोन्नति गर्ने काम गरेको हो । सडक स्तारोन्नतिमा धरान १४ विजयपुरदेखि पञ्चकन्या पुग्ने सडक,धरान १३ अमरहाटदेखि पुस्रेसम्म,सिंहदेवी चौकदेखि चिनियाँ चौकसम्म,धनकुटेरोडको सडक ट्राफिक चौकसम्म स्तरोन्नति गर्ने भएको हो ।

तर यी सडक भन्दा पनि पुरानो बजारको सडक भने कमसल  भएर भत्किरहने गरेको पाइएको छ ।

धरानमा एकतर्फी सडक लागू गरेपनि पुरानो बजारबाट भानुचौक सम्म जाँदा सवारी चालकलाई अत्यन्तै सास्ती हुने गरेको छ । बाटो निर्माणको कार्य भइरहेकोले अहिले आवातजावतमा समस्या भएको हो ।

purno bajar pic-4

बाटो निर्माणको कारण देखाउदै पहाडी क्षेत्रबाट आएका सवारी साधनलाई जिल्ला ट्राफिक कार्यालय सुनसरीले धरान १ लक्ष्मी चौकदेखि धरान १६ स्टुडियमको बाटो पठाए पनि वान वे कारण भानुचौक सम्म पुग्न अझ कठिन भएको चालकहरु बताउँछन् ।

गुणस्तरहीन सडक निर्माण भएकै कारण समय समयमा भत्किरहने र बनाइरहनुपर्ने बताउदै सम्बन्धित निकायले यसमा चासो देखाउनु पर्नेमा चालक तथा सर्वसाधारणको जोड छ ।

इलामको विकासको जिम्म ...

इलाम/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फाल्ग ...

सुनाखरी एकेडेमीका कक ...

धरान/  धरान-१२ चतरालाईन स्थित सुनाखरी एकेडेमी बाट ...

बालबालिकालाई सँस्कृत ...

धरान/ केही समय अगाडि महिलाहरुको अधिकार विषयमा सबै ...

दश प्रतिशत कमाई बुवा ...

सुनसरी/ महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved