बास्केटवल ट्यालेण्ट हण्ट ट्रेनिङ क्याम्प सम्पन्न

  • बैशाख ३०, २०८०
  • स्नेहा श्रेष्ठ
alt

विजयपुर/ धरानमा तीन हप्तादेखि जारी आठौं वास्केटवल ट्यालेण्ट हण्ट तथा ट्रेनिङ क्याम्प आज शनिवार समापन भएको छ ।
धरान बास्केटबल संघको आयोजना, सुनसरी बास्केटबल संघको प्राबिधिक तथा धरान उपमहानगरपालिकाको संयोजनमा वैशाख ९ गतेदेखि शुरु भएको थियो ।

उक्त बास्केटबल ट्यालेन्ट हन्ट तथा ट्रेनिङ क्याम्प मा धरान उपमहानगरपालिकाका उप–मेयर आइन्द्र विक्रम वेघाको प्रमुख आतिथ्यतामा समापन भएको हो । गत सालमा एसइइ दिएर बसेका विद्यार्थी तथा बास्केटबल खेल्न इच्छुकहरु लाई लक्षित गरि आयोजित ट्यालेन्ट हन्टमा धरानभरिका विभिन्न स्कुल तथा कलेजबाट ६० जना विद्यार्थीहरुले सहभागिता जनाएका थ्एि । 

basket-ball-2

समापन कार्यक्रमलाई संवोधन गर्दै उप–मेयर वेघाले धरानको समग्र खेलकुदको विकास एकिकृत ढंगले नभएको भन्दै आगामी दिनमा समग्र खेल विकासको लागि न्यायोचित र एकिकृत ढंगले योजना वनाएर अघि वढ्नु पर्ने वताउनु भएको छ ।

उहाँले भन्नु भयो,‘खेलकुदको विधा र क्षेत्राधिकार वृहत छ, समग्ररुपमा खेलको विकासमा सहयोग र न्यायचित व्यबहारले मात्रै धरानको खेलकुद क्षेत्र माथि उठ्न सक्ने बताए।

ट्रेनिङमा सहभागि प्रशिक्षार्थीलाई प्रमाण पत्र र टि–सर्ट प्रधान गरिएको छ । कार्यक्रमका सभाध्यक्ष सुनसरी बास्केटबल संघका अध्यक्ष नारायण सुवेदी,वेघा, बिशेष अतिथी धरान उपमहानगरपालिका सामाजिक बिकाश समिती संयोजक सृजना नेपाल लगायत अन्य अतिथीहरु उपस्थीत रहेको छ ।

basket-ball-3

 

 प्रदान गरेका छन । विद्यार्थी खेलाडिहरुका धरान मेघा हिमालयन कलेजले टि सर्ट उपलब्ध गराएको आयोजकले बताएका छन ।
उक्त खेलमा सहभागी जनाएका उत्कृष्ट विद्यार्थीहरुलाई विद्यार्थीको चाहे अनुसार धरानको विभिन्न कलेजमा छात्रवृत्तिका लागि सिफारिस गरिने राष्ट्रिय प्रशिक्षक विकास चाम्लिङ राईले बताएका छन । 

उनका अनुसार एक हप्ताभित्र नै सहभागि खेलाडीहरु वीच प्रतियोगितात्मक खेल पनि खेलाइने भएको छ ।
समापन कार्यक्रममा धरान १६ का वडाध्यक्ष मुरारी भट्टराई, धरान मेघा कलेजका प्राचार्य भाष्करण पौडेल, नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकॠषि राई लगायतको आतिथ्यतामा सम्पन्न भएको थियो ।

प्रत्येक वर्ष संघ मार्फत वास्केटवल ट्रेनिङ क्याम्पका उत्कृष्ट प्रशिक्षार्थीलाई छात्रवृति सहितको व्यवस्था गर्दै आएको छ । विद्यालयहरु सँग संघले समन्वय गरेर जेहेन्दार र बास्केटवलमा रुचि राख्ने विद्यार्थीहरुलाई छात्रवृत्ति व्यवस्था गदैं आइरहेको बताएका छन ।

basket-ball-4

हालसम्म ८ औं ट्यालेन्ट हन्टको संस्करणमा आइपुग्दा करिब एक हजार विद्यार्थी खेलाडीहरु प्रशिक्षित भएका छन् । धरानका विभिन्न विद्यालय र कलेजहरुमा एक सय भन्दा बढि खेलाडीहरु निशुल्क छात्रवृत्तिमा अध्ययन गर्ने अवसर पाइसकेका छन् ।

सहभागीहरुलाइ राष्ट्रिय प्रशिक्षक विकाश चाम्लिङ राई, प्रदेश १ बास्केटबल टिम क्याप्टेन बिबेक श्रेष्ठ, राष्ट्रिय खेलाडी डा.आशा राई, युगल लिम्बू, दिवस राई, सुसन श्रेष्ठ,आस्था राई, तनु राई, सितल तामाङ,एल्भिना गुरुङ,समीर राइ, चिरञ्जीवी गिरि लगायतले नियमित प्रशिक्षण दिएका थिए ।

संघले विगत १२ बर्षदेखि प्रशिक्षण दिदैं आएको जानकारी दिउका छन। राष्ट्रिय खेलाडी तथा १३ औं सागको सिल्भर मेडल विजेता डा.आशा राई, हेमन्त राई, राष्टिय खेलाडी बैभव योगी, रबि बास्फोर,तनु राई, सीतल तामाङ, लियालिसा श्रेष्ठ, विवेक श्रेष्ठ, कबिन मगर लगायत यही प्रशिक्षणबाट उत्पादन भएका खेलाडीहरु हुन ।

उनीहरु जिल्ला, प्रदेश र राष्ट्रिय टिमबाट खेलिरहनु भएको छ। ट्यालेन्ट हन्ट क्याम्प धरान १६ स्थित धरान रंगशालामा रहेको इन्डोर बास्केटबल कोर्टमा सम्पन्न भएको थियो ।

आपतकालीन सेवा सञ्चाल ...

विराटनगर / विराटनगर महानगरपालिकाले स्थानीय आपतकालीन सेव ...

रोयल इस्ट्रन इन्फिल् ...

विजयपुर / बिश्व वातावरण दिवसको अवसर पारेर रोयल इस्ट्रन ...

वडाध्यक्षले शक्तिको ...

मोरङ / मोरङको रतुवामाई नगरपालिका वडा नम्बर ६ का वड ...

देशको केही पहाडी भू– ...

सुनसरी /  पश्चिमी  वायुका साथै स्थानीय व ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2023 - Koshipatra.com All rights reserved