१८ बर्ष अगाडि हराएको छोरीको खोजी गरिदिन आग्रह ‘बुबाकै गैरजिम्मेवारीले .छोरी हराएकी हुन;’–परिवार

  • जेठ १, २०८०
  • कोशीपत्र/संवाददाता
alt

 धरान /छोरी हराएको १८ बर्षपछि परिवारले उनको खोजी गरिदिन माग गरेका छन् । नेपाल पत्रकार महासघको सभाहलमा आमा यसोदा अधिकारी र दिदी सविना अधिकारीले पत्रकार सम्मेलन गरी हराउनुको मुख्य जिम्मेवारी बुबा लक्ष्मण अधिकारी भएको बताएका छन् ।

आमा शोभा अधिकारीका अनुसार २०६२ सालमा धरानबाट साढे सात बर्षको उमेरमा कान्छी छोरी शोभा अधिकारीलाई बुबा लक्ष्मण अधिकारीले लिएर गएको र ०६५ सालदेखि छोरी बेपत्ता भएकी थिइन । उनले छोरी हराए पनि श्रीमान लक्ष्मणले परिवारलाई जानकारी नदिएको बताइन् ।

उनले छोरी हराएको कुरा आफूहरुलाई जानकारी नै नदिएको बताउँदै १८ बर्षपछि श्रीमान् एक्लै धरान आएपछि थाहा भएको बताइन् । उनले भावविह्ल हुदै भनिन्–‘धरान छोडेर गएपछि अढाइ बर्षसम्म यहाँ थियो, यसरी हिड्दै थियो भन्नेसम्म थाहा पाइयो, त्यसपछि केही थाहा भएन, ०७८ साल फागुन ११ गते अकस्मात श्रीमान धरानमा दाजुको घरमा आइपुग्नु भएछ, आफूलाई घर जग्गा बेचेर सुकुम्बासी बनाएर हिडेको मान्छे,अकास्मात भेट हुदा हुलिया नै पूरै परिवर्तन भएको अवस्थामा भेटे ।’

उनले धरान आएपछि आफूले छोरीको खोजी गर्दा श्रीमान लक्ष्मणले बच्चा हराएको जवाफ दिएको बताइन् । उनले मैले श्रीमान्लाई कसरी कहिले छोरी हराएको भन्ने प्रश्न गर्दा श्रीमानले ‘थानकोट काठमाण्डौ पुगेको, विहान मजदुरका काम गर्दै विहानको खाना बाहिरै खान्थे, बेलुकाको खाना नानीले बनाउथी र खान्थे, साझको खाना खाएपछि छिमेकीकोमा टिभी हेर्न जान्छु भनेर हिडेकी छोरी फर्केर आइनन्, सबैतिर खोजतलास गरे, प्रहरीमा खोजतालासका लागि निवेदन दिए, प्रहरीमा जानकारी गराउादा पनि छोरीको अत्तोपत्तो पाइएन, बेलुका समाचार पनि आयो,काही नभेटिएपछि आठ दश दिन त्यतै भौतारिए, स्थानीयहरुले मलाई घेराउ गरे, मेरो यहाँ केही रहेनछ, पशुपति गए,पशुपतिमा साधुबाबा आइरहेका रहेछन्, तिनीहरुको साथ लागेर काशी बनारस गए, अहिले फकिएर आए छोरी भेटिन’ भन्ने जवाफ दिएको बताइन् ।

उनले श्रीमानले मल्ममपट्टी लगाउनुको सट्टा श्रीमानले घाउमा नुन छर्किने काम गरेको बताइन् । जेठाजु केशवप्रसाद अधिकारीले श्रीमानलाई घर लान बारम्बार आग्रह गर्दा पनि आफूले छोरी नल्याएसम्म घर नलाने अडान कसेको बताइन् । उनले अहिले आफ्नो सम्पत्तिमाथि पनि धावा बोल्दै अंशको कुरा निस्केको बताइन् ।

अहिले बुबा लक्ष्मण अधिकारी धरानमै रहेको र उनले जालसाझी गरेर अदालतको मुद्धा समेत सफाई पाइसकेपछि अहिले आफूले डोकोमा साग बोकेर जोडेको घरजग्गामाथि पनि आँखा गाडेको बताइन् । उनले प्रहरी लगायत सम्बन्धित पक्षमा उजुरी दिएको बताउदै अदालतले समेत आफूहरुको विपक्षमा फैसला गरेर पीडामाथि अझ पीडा थपिएको बताइन् ।

विद्यालयमा पढेको प्रमाण भेटियो

बेपत्ता भएकी शोभा अधिकारी चन्द्रगिरी नगरपालिका नागढुगामा रहेको नवदुर्गा आधारभूत विद्यालयमा एक बर्ष पढेको तथ्य फेला परेको छ । धरानबाट बाबु लक्ष्मण अधिकारीले लिएर गएपछि सो विद्यालयमा भर्ना गराएर एक बर्ष सोही विद्यालयमा अध्ययन गरेको पाइएको हो ।

विद्यालयका प्रद्यानाध्यापक अजुन कार्कीले शोभाले कक्षा ४ बाट सो विद्यालमा पढेको र ५ कक्षाको अन्तिम परीक्षा दिएपछि उनी विद्यालय नै नआएको बताए । उनले कक्षा ५ मा उत्तीर्ण हुदा शेभाले चौथो स्थान हासिल गरेको बताए ।

प्रद्यानाध्यापक कार्कीले छोरी बेलुका ८ बजे हराएपनि बाबु लक्ष्मणले आफूहरुलाई विहानमात्र छोरी हराएको कुरा सुनाएको बताए । उनले भने–‘छोरी राति नै हराएकी रहिछन्, तर हामीले विहानमात्र थाहा पायौ, हामीले त्यसपछि खोजी कार्यलाई तिब्रता दियौ, नांगडुगामा भएको प्रहरी चौकीमा उजरी दियौ ।’

उनले बेलुका नै थाहा भएको भए प्रहरीलाई पनि खोजी गर्न सजिलो हुने बताए । उने भने–‘यो ठाउ अत्यन्तै दुर्गम ठाउँ हो, वरिपरि जंगलै जंगल छ, राती नै खबर भएको भए खोजतलासमा केही सहज हुन्थ्यो ।

धरानका लक्ष्मणले छोरी लिएर गएपछि सो ठाउँका स्थानीय हरेराम आचार्यको घरमा गएर बसेको देखिन्छ । यस विषयमा हरेराम आचार्यसँग बुझ्न खोज्दा उनको फोनमा सम्पर्क हुन सकेन ।

राश्ट्रिय विभुति महा ...

पाँचथर/ राष्ट्रिय विभुति एवं किराँत धर्मका महागुरु ...

कृषिमूल्य सूचना प्रण ...

विराटनगर/ प्रमुख कृषि बजारमा पाइने कृषिउपजहरुको सू ...

कोशीमा नयाँ सरकार बन ...

विराटनगर/ नेकपा माओवादी कोशी प्रदेश संसदीय दलका ने ...

ढुङ्गाले किचेर १ जना ...

ताप्लेजुङ/  ताप्लेजुङको फुङलिङ नगरपालिका-३ का ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved