नर्सिङ्ग दिवसमा न्यूरोद्धारा एक सय जना नर्सलाई सम्मान

  • वैशाख ३१, २०८०
  • "कोशीपत्र/संवाददाता"
alt

मोरङ / अन्तर्राष्ट्रिय नर्सिङ्ग दिवसको अवसर पारेर विराटनगरस्थित न्यूरो हस्पिटलले विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ ।विराटनगरमा एक भव्य कार्यक्रम आयोजना गरी नर्सहरुको सम्मानको लागि विभिन्न कार्यक्रम आयोजना गरी मनाएको हो ।

हस्पिटलमा कार्यरत एक सय जना नर्सलाई हस्पिटलले सम्मान गरेको छ । सम्मानित हुने नर्सहरुलाई कार्यक्रमका प्रमुख अतिथि विराटनगर महानगरपालिकाकी उपप्रमुख शिल्पा निरालाले कदर पत्रर र दोसल्ला ओढाएर सम्मान गरेकी थिइन् ।

सम्मानित हुने नर्सहरुमा दश वर्ष र पाँच वर्ष वर्षभन्दा बढी न्यूरो हस्पिटलमा काम गरेका प्रत्येक विभागमा कार्यरत उत्कृष्ट नर्सलाई सम्मान गरिएको अस्पतालले जनाएको छ । कार्यक्रममा नर्सले बनाएको सन्तुलित आहार सम्बन्धी प्रर्दशनी पनि गरियो ।

त्यस्तै नर्सहरुले बनाएको चित्रकला प्रर्दशनी गरियो । कार्यक्रममा साँस्कृति नृत्य प्रस्तुत गरी दिनभरी रमाइलो भयो । प्रर्दशनीका उत्कृष्ट हुने नर्सहरुलाई पुरस्कृति पनि गरिएको थियो ।

कार्यक्रममा न्यूरो अस्पतालका अध्यक्ष वरिष्ठ न्यूरोलोजिष्ट डा. विरेन्द्रकुमार विष्ट, कार्यकारी निर्देशक डा. अनिशा विष्ट, एकेडेमीक डाइरेक्टर तथा वरिष्ठ न्यूरो सर्जन डा. यामबहादुर रोका, हस्पिटल डाइरेक्टर इन्जिनियर रन्जित राज बस्नेतलगायतका उपस्थिती रहेको थियो ।

 

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved