धरानको युएन नवोदयले विद्यार्थीलाई पुर्‍यायो ‘साइन्स सिटी

  • साउन ५, २०८३
  • कोशीपत्र/संवाददाता
alt

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ कलेजले कक्षा ११ को विज्ञान संकायमा अध्ययनरत विद्यार्थीहरूलाई भारतको प्रख्यात ‘साइन्स सिटी’मा  निःशुल्क शैक्षिक अवलोकन भ्रमण गराएको छ।

विद्यार्थीहरूले विज्ञानलाई केवल पाठ्यपुस्तकमा सीमित नराखी प्रत्यक्ष रूपमा बुझ्न, अनुभव गर्न र आधुनिक वैज्ञानिक प्रविधिसँग परिचित गराउने उद्देश्यले कलेजले उक्त भ्रमणको आयोजना गरेको जनाएको छ।

भ्रमणका क्रममा विद्यार्थीहरूले विभिन्न वैज्ञानिक आविष्कार, प्रयोग, प्रविधि तथा विज्ञानका व्यावहारिक पक्षलाई नजिकबाट अवलोकन गर्ने अवसर पाएका थिए।

कलेजका प्रिन्सिपल डम्बरकुमार तुम्बापोले विज्ञान शिक्षा अनुभव र प्रयोगमा आधारित हुनुपर्ने बताउँदै विद्यार्थीलाई अन्तर्राष्ट्रिय स्तरको सिकाइ वातावरणसँग जोड्नु कलेजको प्रमुख उद्देश्य रहेको बताउनुभयो।

उहाँले भन्नुभयो, “विज्ञान केवल कक्षाकोठामा पढेर मात्र पर्याप्त हुँदैन। विद्यार्थीहरूले प्रत्यक्ष रूपमा विज्ञानलाई देखून्, बुझून् र अनुभव गरून् भन्ने उद्देश्यले हामीले भारतको साइन्स सिटीमा निःशुल्क शैक्षिक भ्रमणको व्यवस्था गरेका हौँ।

यसले उनीहरूको सोच, सिर्जनशीलता र अनुसन्धानप्रतिको रुचि अझ बढाउने विश्वास लिएका छौँ।”

कलेजका जनसम्पर्क अधिकृत रामबहादुर लिम्बूका अनुसार भ्रमणपछि विद्यार्थीहरूमा विज्ञानप्रतिको आकर्षण र आत्मविश्वास उल्लेखनीय रूपमा बढेको छ।

भ्रमणबाट फर्किएका विद्यार्थीहरूले पाठ्यपुस्तकमा अध्ययन गरेका सिद्धान्तहरू प्रत्यक्ष रूपमा देख्न पाउँदा विज्ञानको वास्तविक अनुभूति भएको बताएका छन्।

विद्यार्थीहरूले प्रतिक्रिया दिँदै भने, “किताबमा पढेका विषयलाई प्रत्यक्ष रूपमा अनुभव गर्न पाउँदा सिकाइ अझ प्रभावकारी भयो। यस्तो अवसर प्रदान गरेकोमा युएन नवोदय +२ कलेज परिवारप्रति हामी आभारी छौँ।”

गुणस्तरीय शिक्षासँगै व्यवहारिक, अनुसन्धानमुखी र अन्तर्राष्ट्रिय स्तरको सिकाइ वातावरण प्रदान गर्दै आएको सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ कलेजले विद्यार्थीको बौद्धिक, शैक्षिक तथा व्यक्तित्व विकासका लागि यस्ता सिर्जनात्मक कार्यक्रमलाई निरन्तरता दिँदै आएको जनाएको छ।

IMG-20260720-WA0008 IMG-20260720-WA0006 IMG-20260720-WA0004 IMG-20260720-WA0003 IMG-20260720-WA0010 IMG-20260720-WA0002

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

घर फर्किने बाटो नै अ ...

धरान/ खोटाङमा शनिबार साँझ परेको अविरल वर्षापछि आएको आकस ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved