बिबोइज र वरियर ट्यालेन्ट हन्ट बास्केटबल च्याम्पियन

  • जेठ ६, २०८०
  • "कोशीपत्र/संवाददाता"
alt

धरान / धरान बास्केटबल संघको आयोजनामा आयोजित ट्यालेम्ट हन्ट बास्केटबल प्रतियोगिताको उपाधी पुरुष तर्फ बिबोइज र महिला तर्फ वरियर टिमले जितेको छ ।

धरान रंगशाला स्थिती इन्डोर बास्केटबल कोर्टमा शुक्रवार सम्पन्न प्रतियोगितामा बिबोइजले द युथ टिमलाइ १३–७ र वरियरले ग्लाडियटर टिमलाइ ६–२ अंकको अन्तरले पराजित गर्दै उपाधी हात पारेका हुन् ।बिजेता तथा उपबिजेता टिमले ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गरेका छन ।

उनीहरुलाइ सुनसरी बास्केटबल संघका अध्यक्ष नारायण सुवेदी, प्रदेशसभा सदस्य बिजयकुमार राई, ८ न. वडाध्यक्ष धनबहादुर राई, १० न.वडाध्यक्ष बिबेक राई,धरान मेघा हिमालयन कलेजका प्राचार्य भाष्कर पौडेल, धरान गल्फ क्लबका उपाध्यक्ष जितेन्द्र राई लगायतले पुरस्कार वितरण गरेका थिए ।

यसैगरि प्रतियोगिताको उत्कृष्ट खेलाडी मोस्ट भ्यालुएबल प्लेयरको उपाधी पुरुष तर्फ बिबोइजका शिवम सरराफ र महिला तर्फ वरियरका दिया कोयि राई घोषित भए ।

उनिहरुले प्रमाणपत्र र मायाको चिनो प्राप्त गरे । धरान मेघा कलेजको मुख्य प्रायोजन तथा मन्टेसरी किन्डरगार्टेनको सहप्रायोजनमा आयोजित प्रतियोगितामा पुरुष तर्फ ६ टिम र महिला तर्फ २ टिम रहेको थियो ।

प्रतियोगितामा धरान बास्केटबल संघले बैशाख ९ गते देखि ३० गते सम्म सन्चालित ट्यालेन्ट हन्टमा सहभागी बिद्यार्थीहरुले सहभागिता जनाएको थियो । उनीहरुको क्षमता अभिबृद्धि तथा अनुभवका लागि प्रतियोगिताको आयोजना गरिएको बास्केटबल संघका अध्यक्ष नारायण सुबेदीले बताए ।

ट्यालेन्ट हन्टका उत्कृष्ट महिला पुरुष बास्केटबल खेलाडीहरुलाइ धरानका विभिन्न कलेजमा छात्रवृत्तिका लागि सिफारिस गरिने सुबेदीले जानकारी गराए ।प्रतियोगितामा प्राविधिक सहयोग सुनसरी बास्केटबल संघको रहेको थियो ।

कक्षा १२ को परीक्षा ...

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यही वैशाख ११ गतेदे ...

बीपी प्रतिष्ठानमा अन ...

धरान ।दक्षिण एसियाकै प्रतिष्ठित बीपी कोइराला स्वास्थ्य ...

विचाराधिन सर्दु जलाध ...

धरान । अदालतमा विचाराधीन रहेको धरान १३ र ४ मा रहेको सर् ...

मिसेस स्टेट २०२५ सिज ...

धरान । वुमन्स वर्थ गु्रप को आयोजनामा यहि जेष्ठ १७ गते ह ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved