असहायका लागि अपांग तथा असहाय केन्द्रले पुलको काम गर्दै

  • जेठ ४, २०८०
  • "कोशीपत्र/संवाददाता"
alt

धरान / अपांग तथा असहायलाई सहयोग गर्ने उद्देश्यले स्थापना भएको अपांग तथा  पुन: स्थापना केन्द्र धरानले विभिन्न दाताहरुसँग समन्वय गरेर सहयोग जुटाइरहेको छ । सहयोगी भावना भएकाहरुले पुन: स्थापना केन्द्रमामार्फत सहयोग प्रदान गर्ने गर्छन ।

यसै क्रममा समाजसेवी सुनिल अग्रवालले यो संस्थामार्फत धेरैलाई सहयोग प्रदान गर्नु भएको छ । दुई बर्ष अगाडिदेखि निरन्तर सहयोग गर्दै आउनु भएका उहाँले यसलाई निरन्तता दिइरहने बताएका छन् ।

पुनस्र्थापना केन्द्रमार्फत अग्रवालले दुई बर्षको अवधिमा स्वास्थ्य उपचार पाउन नसकेका, विहान बेलुका छान टार्न धौ धौ भएका धेरै अपांग तथा सहायलाई सहयोग पुर्‍याउदै आएका छन् ।

आँखाको समस्या भएको, विभिन्न किसिमको शल्यत्रिक्रया गर्दै आएको छ । पछिल्लो समय संस्थाले खोटाङ पुख्यौली घर भइ हाल इटहरी बस्दै आएका २० बर्षीय प्रेम बहादुर बुढाथोकीलाई रक्त अल्पता भएपछि संस्थाकै सहयोगमा शिक्षण अस्पताल महाराजगञ्ज काठमाण्डौ उपचारका लागि लगिएको संस्थाका निर्देशक सुनि खड्काले बताए ।

पछिल्लो पटक पुन: समाजसेवी अशोक अग्रवालले गरिब तथा सहायका लागि खाद्यनन्न, विद्यालयमा पढ्ने विद्यार्थीहरुका लागि विद्यालयको युनिफर्म, शैक्षिक सामाग्री अपांग तथा असाहाय केन्द्रमार्फत वितरण गरेकोे संस्थाकी सदस्य डम्बरकुमारी मास्केले बताइन् ।

निरन्तर दुई बर्षदेखि केन्द्रमार्फत सहयोग पुर्‍याउदै आएका अग्रवालले संस्थाामार्फत सहयोग गरेको दुई बर्ष पुगेको बताउदै सहयोगलाई निरन्तता दिने बताए ।

पछिल्लो समय सहयोगी दाताको लागि अपांग तथा असहाय केन्द्रले पुलको काम गरेको छ । सहयोगी मनहरुले यही संस्थार्फत सहयोग गर्नेहरुको संख्या पनि बढ्दै गएको पाइएको छ ।

 

कक्षा १२ को परीक्षा ...

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यही वैशाख ११ गतेदे ...

बीपी प्रतिष्ठानमा अन ...

धरान ।दक्षिण एसियाकै प्रतिष्ठित बीपी कोइराला स्वास्थ्य ...

विचाराधिन सर्दु जलाध ...

धरान । अदालतमा विचाराधीन रहेको धरान १३ र ४ मा रहेको सर् ...

मिसेस स्टेट २०२५ सिज ...

धरान । वुमन्स वर्थ गु्रप को आयोजनामा यहि जेष्ठ १७ गते ह ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved