नगरप्रमुखलाई ध्यानाकर्षण

  • जेठ ९, २०८०
  • "कोशीपत्र/संवाददाता"
alt

धरान /नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पार्टीले आगामी वजेटमा समेटनुपर्ने योजनाका सन्बन्धमा धरान नगरपालिको ध्यानाकर्षण गराएको छ ।

नगर अध्यक्ष रेवतीरमण राई र सचिव खेमप्रसाद दाहालले धरान नगरको विकास गर्नेु पर्ने २५ वुदे माग समेटिएको ध्यानाकर्षण ज्ञापनपत्र बुझाएर छन। धरान उपमहानगरपालिका समक्ष आगामी वर्षको नीति तथा कार्यक्रम र बजेट निर्माणको क्रममा जनसरोकारका विषयहरु समावेश गरी बजेट निर्माण गर्न ध्यानार्कषण गराईएको नगर अध्यक्ष रेवतीरमण राईले जानकारी दिए् ।

नगरपालिकामा माग गरिएका विषयहरुमा सरकारी सेवा प्रवेशको लागि लोकसेवा आयोग र सेवा आयोग तयारी कक्षाको व्यवस्था गरिनुपर्ने,लागु औषध दव्र्यसन तथा ओसारपसार नियन्त्रण गर्ने विशेष अभियान संचालन गरिनुपर्नेृ,क्षतिपूर्ति सहितको नागरिक सेवा प्रवाहको ग्यारेन्टी गरिनुपर्ने रहेको छ ।

यसैगरी सवारी साधन पार्किङ स्थलको उचित व्यवस्थापन गरिनुपर्ने, धरान ६ पानवारीमा निर्माणधीन औधोगिक ग्रामलाई यथाशिघ्र सम्पन्न गरी सञ्चालनमा ल्याइनुपर्ने, फोहोर व्यवस्थापनको लागि दीर्घकालीन आधुनिक डम्पिङ साइडको व्यवस्था गरिनुपर्ने माग गरेको छ ।

त्यसैगरि ब्रिटिस र भारतीय सेनाको अन्तिम छनौट स्थल धरानमा पुनस्थापना गर्नको लागि विशेष पहल गरिनुपर्ने र धरानका सबै स्थानमा सिसी क्यामेरा जडान गरी शान्ति सुरक्षाको व्यवस्था गर्न माग समेत गरिएको छ ।

धरानलाई सूचना प्रविधी (आइटी) को केन्द्र बनाई सूचना प्रविधिको बजारीकरण गरिनुका साथै आईडिया बैंकको स्थापना गर्न माग गरिएको छ ।

धरान बजार साथै वरिपरि सौन्दर्यकरण गरिनुपर्ने, धरानलाई शैक्षिक हब, स्वास्थ्य हव, खेलकुद तथा साहसिक खेलकुद हब बनाई पर्यटकहरुको आर्कषणमा जोड दिई आन्तरीक आयआर्जनमा वृद्धि गरिनु पर्ने तथा धरानमा रहेका सबै शैक्षिक संस्थामा स्थानीय (धरानको) कोटाको व्यवस्था गर्नुपर्ने माग पत्रमा उल्लेख गरिएको छ ।

लामो समयदेखि निर्माण सम्पन्न हुन नसकिरहेको धरान–१४ स्थित बहुजातीय संग्रहालयलाई यथाशिघ्र सम्पन्न गरी संचालनमा ल्याइनुपर्ने,धरान सभागृहलाई व्यवस्थित गरी प्रदर्शनी स्थलको रूपमा विकास गरिनुपर्ने, युवा, महिला, दलित,अल्पसंख्यकलाई सीप सिकाई स्वरोजगार बनाइनुपर्ने,आधुनिक सुविधा सम्पन्न बुद्धाश्रम निर्माण गरिनुपर्ने माग राखिएको छ ।

धराने कालो बंगुर,लोकल रक्सी प्रशोधन गरि धरानको ब्राण्डकोरुपमा विकास गरिनुपर्ने, जोखिमपूर्ण क्षेत्रमा काम गर्ने सबै मजदुरहरूले अनिवार्य सुरक्षा सामग्री प्रयोग गर्ने व्यवस्था गर्दै मजदुर राहत कोषको स्थापना गरि जीवन विमाको व्यवस्था गरिनुपर्ने,धरानलाई डिजिटल शहरको रूपमा विकास गरीनुुपर्ने, नगरपालिका प्रविधि मैत्री बनाई भ्रष्टाचार रहित र पारदर्शिता गर्न माग समेत गरीएको छ ।

धरानको भूमिहीन, दलित, अव्यवस्थित तथा सुकुम्बासी बसोबासलाई स्थायी व्यवस्थित गरि आधारभूत सुविधा उपलब्ध गरीनु पर्ने,धरानमा संचालित बस,ट्याक्सी,टेम्पो,इ–रिक्साको वैज्ञानिक भाडा दर निर्धारण गरिनुपर्ने र नगर बस संचालन गर्नुपर्नेमा जोडदार माग गरीएको छ। खाद्यान्नको मूल्य निर्धारण सुचीलाई व्यवस्थित गर्न माग समावेश गरीएको छ । व्यवस्थित आधुनिक बधशालाको निर्माण गरिनुपर्ने तथा कर्मचारीको क्षमतामा अभिवृद्धि गरिनुपर्ने माग समेत राखीएको छ ।

धरानमा रहेका सहकारी संस्थालाई व्यवस्थित गरी समाजमा सहकारीप्रति आर्कषण वढाउनु पर्ने माग गरेको छ ।

धरानका तमाम समस्यालाई उजागर गर्दै धरानको विकासका लागि आफूहरु सधै आवाज उठाई रहने नगर अध्यक्ष रेवति राईले वताए ।ध्यानाकषण पत्र वुझाई सकेपछि पत्रकार महासंघमा पत्रकार सम्मेलन गरी आम जनताको सवालमा काम गर्नको लागि ध्यानाकषर्ण पत्र वुझाएको अध्यक्ष राईले वताए ।

पत्रकार सम्मेलनमा पार्टीका केन्द्रीय सदस्य जीवन राईले धरानबाट पलायन भएका सरकारीहरु कार्यालयहरु फिर्ता ल्याउनका लागि आफ्नो पार्टीले पहल गर्ने वताए ।

कक्षा १२ को परीक्षा ...

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यही वैशाख ११ गतेदे ...

बीपी प्रतिष्ठानमा अन ...

धरान ।दक्षिण एसियाकै प्रतिष्ठित बीपी कोइराला स्वास्थ्य ...

विचाराधिन सर्दु जलाध ...

धरान । अदालतमा विचाराधीन रहेको धरान १३ र ४ मा रहेको सर् ...

मिसेस स्टेट २०२५ सिज ...

धरान । वुमन्स वर्थ गु्रप को आयोजनामा यहि जेष्ठ १७ गते ह ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved