महिलाहरुमा हुने पाठेघरको समस्या भयावह "रंगेली नगरपालिकाले सञ्चानल ग¥यो निःशुल्क स्वास्थ्य शिविर"

  • जेठ ८, २०८०
  • "कोशीपत्र/संवाददाता"
alt

रबिन्द्र बराल / पछिल्लो समय महिलाहरुमा पाठेघरको समस्या अधिक देखिन थालेको छ । महिलाहरुको पाठेघरको समस्या बढ्दै गएपछि रंगेली नगरपालिकाले विभिन्न ठाउँमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ ।

नगरपालिकाले महालक्ष्मी बिधालय दर्वेशामा सोमबार शिविरको आयोजना गरेको थियो । शिविरमा दर्वेशा, बक्राह टोल, खादी टोल,आचार्य टोल,चाईनागेट टोल लगायतका स्थानीय महिलाहरुले पाठेघरको निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेका थिए । ।

नगरपालिकाले उपचारबाट बन्चित भएका विपन्न घरपरिवारका महिलाहरुलाई लक्षित गरी शिविरको आयोजना गरेको हो । धेरै महिलाहरु लाजका कारण अस्पतालसम्म नपुग्ने, आर्थिक समस्याका कारण समेत उपचार गराउन नसक्ने भएकाले उनीहरुलाई लक्षित स्वास्थ शिविर गरेको नगरपालिकाले जनाएको छ ।

swatha-sibir-333

नगरले महालक्ष्मी माध्यमिक बिधालयसहित वीरेन्द्र आधारभूत विद्यालय दोहमाना,गणेश माध्यमिक बिधालय चोप्राहा , जनता माध्यमिक विद्यालय आमतोला, प्रगति माध्यमिक विद्यालय दौलतपुरमा गरि ५ बटा विधालयमा निःशुल्क स्वास्थ्य शिविर को आयोजना गरेको हो ।

चेकजाचका क्रममा धेरै महिलाहरुमा पाठेघरको समस्या देखिएको थियो। यी मध्ये पाठेघरको समस्या भएका ३० जना महिलालाई विराट नर्सिङ होम द्वारा निशुल्क सल्यक्रिया गरिने र बाँकी बिरामीलाई नगरले रंगेली अस्पतालमा निशुल्क उपचार समेत गरिने रगेली नगरपालिकाकी उपप्रमुख भुमा पराजुलीले बताईन ।

शिविरमा भिडियो एक्सरे विभिन्न उपकरणबाट विरामीको चेकजाँच ग गर्नुका साथै निः शुल्क ओैषधी समेत बितरण गरिएको थियोे ।विराट नर्सिङ होमको सहयोग तथा रंगेली नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा ७ गते देखि १२ गते सम्म शिविर सन्चालन हुने भएको छ ।

swatha-sibir-2222

 

 कार्यक्रम उपमेयर भुमा पराजुली,वडा अध्यक्ष टंक आचार्य,स्वास्थ्य शाखा प्रमुख ब्रजेशमेहता, भुपेन्द्र मंण्डल,स्थानीय महिला देवन्ता राजवंशी, बिधालयका प्राधानाध्यापक,शिक्षक लगायतको उपस्थिति रहेको थियोे ।

कक्षा १२ को परीक्षा ...

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यही वैशाख ११ गतेदे ...

बीपी प्रतिष्ठानमा अन ...

धरान ।दक्षिण एसियाकै प्रतिष्ठित बीपी कोइराला स्वास्थ्य ...

विचाराधिन सर्दु जलाध ...

धरान । अदालतमा विचाराधीन रहेको धरान १३ र ४ मा रहेको सर् ...

मिसेस स्टेट २०२५ सिज ...

धरान । वुमन्स वर्थ गु्रप को आयोजनामा यहि जेष्ठ १७ गते ह ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved