म फिल्म त्यति धेरै हेर्दिन तर फिल्म राम्रा छन भने हेर्न पनि छुटाउदिन । फिल्म हेर्नु अघि कथाबस्तु कस्तो छ भन्ने कुरा बुझ्छुु । दर्शक निकै चलाख भइसकेका छन । कतिपयले कथावस्तु कस्तो छ भनेर बुझ्छन अनि हलसम्म पुगेर पर्दामा चलचित्र हेर्छन । मैले फिल्मको कहिले समिक्षा गरेको छैन । लिम्बू समुदायको संस्कृतिमा आधारित भएर निर्माण गरिएको फिल्म जारी हो ।
फिल्ममा एउटा सभ्यता, बास्तविक जीन्दगीसग मेल खाने हास्ने, रुवाऊने र बाच्नलाई बाध्य पार्ने चरित्रहरुबीच मुन्धममार्फत जीवनको परिभाषा पर्दामा उतारिएको दृश्य देखिन्छ । जारी प्रथाको कथावस्तुमा आधारित फिल्मको मुख्य अभिनयमा दयाहाङ राई, मिरुना मगर र रोयदीपको अभिनय दमदार लाग्यो ।
लिम्बू समुदायमा गाइने पालामलार्ई पर्दामा देख्न सकिन्छ र यसलाई कलाकार रोयदीपलाई टिजरमा क्यारेक्टरको रुपमा प्रस्तुत गरिएको छ । पूर्वी नेपालको भूगोल र लिम्बू समुदायको संस्कृतिलाई मज्जाले प्रस्तुत गरिएको छ । दृश्यमा दयाहाङ र मिरुना पतिपत्नीको भूमिकामा हुन्छन् तर कथाबस्तुअघि बढ्दै जाँदा उनीहरुमा फाटो आउँछ र मिरुनाको हात रोयदीपले थाम्छन् ।‘ फिल्म प्रेम रोदन र हाँसोले भरिएको छ। फिल्मको कथाबस्तुले मात्र दर्शकले फिल्म हेर्छ भन्नु गलत हो र कथाबस्तुसगै कलाकारहरूको दमदार अभिनय र दर्शकले मनपराएका कलाकारले पनि फिल्म चलेको छ जारी ।
फिल्म अहिलेसम्म चलिरहेको छ । तर अन्तर्राष्ट्रिय हलको पर्दामा जारीको यात्रा जारी नै छ ।
फिल्ममा चाहिने कन्टेन्ट, स्क्रिनप्ले र संवाद तथा निर्देशन उपेन्द्र सुब्बाले राम्रोसगँ देखाउन सफल हुनु भएको छ । साढे तीन घण्टा हिन्दी फिल्म हेरेको सम्झिने दर्शकलाई फिल्म सकिएको पत्तो हुदैन ।
जीवन्त अभिनय गर्ने दयाहांङको त बयान गर्नै परेन । तर मिरूना मगर पर्दा बाहिर कमै बोल्ने तर पर्दामा सकभर बोल्दै नबोली पूरा कथा नियन्त्रणमा उनले राखेको दृश्य भुल्न सकिदैन राम्रो रोल रहेको देखियो । सबै पात्रहरु देखेर लेखकले क्यारेक्टर र निर्माण गरेको देखिन्छ सबै कलाकारले आफूलाई अभिनय गरेर जिवन्त बनाएको छ ।
फिल्ममा नायिकाले आधुनिक युवतीले झैं दुई औंला च्यापी युवा शैलीमा चुरोट नखाएर गाउँले पारामा मुठ्ठी पारेर वा बुढी औंला र माइली औलाले गोलो पारी च्यापेर खाएको भए मिल्थ्यो भन्ने मलाई लागेको् हो । यो सिनचाहिँ कथावस्तु अनुसार कता कता नमिलेको हो भन्ने भान सबैलाई हुन्छ जस्तो लाग्त मलाई । यो मेरो व्यक्तिगत धारणा हो ।
यसमा यही हुनुपर्छ भन्ने मान्यता छैन ।गाउँले परिषरलाई समेटिएर बनाएको फिल्म भएकोले फिल्टर चुरोट गाउँ घरमा सुआउने सिन भएन त्यसको ठाउँमा बिडी तानेको दृश्य भए राम्रो देखिन्थ्यो कि भन्ने विचार हो ।
मैल यसमा किन पनि जोड दिएको हो भने यो चलचित्रको कथावस्तु गाउँले परवेशसँगै धेरै अगाडिको परम्परालाई जोडेर बनाइएको चलचित्र हो, जुन परिस्थितिमा चलचित्र बनाइएको हो त्यही अनुसारको कथावस्तु, सिन भइदिएको भए सुगन्धमा सुगन्धित हुने थियो भन्ने मलाई लागेको हो ।
सुमधुर सगीतको धुनमा जब दुई पारपाचुके भइसकेर जारीको ढरौटी बसेका पात्र वास्तविक प्रेमजालमा लुटपुटीना साथ सङ्गीतको रोमान्टिक देखाउन राखिएको गीत सङ्गीत मीठो धुन हुंदाहुंदै पनि दर्शकलाई यो रोमान्टिक प्रेमिललाई नचाउन सकिने रोमाञ्चित प्रेममय भाइरल गीत चाहिथ्यो ।
जसले दर्शन पनि खुशीले आनन्दीत हुने र अझ युट्युबतिर छाए मालामाल पनि फिल्मको प्रमोसन हुने थियो । शुरुको सम्बन्ध तोडेर घर बिभाजित नायिकालाई आमाले कसरी लोग्नेलाई सम्हाल्नुपर्छ र अर्को दृश्य नायकको आमाले कसरी श्रीमतिलाई सम्हाल्नु पर्छ भन्ने दृश्य र संवाद खुब राम्रो लाग्यो । यो फिल्म एउटा दस्तावेज हो ।
यस्तै फिल्म हेर्नेको जमात धेरै छन ।यस्तै फिल्म हिजोआज दर्शकले मनपाएको पनि पाईछ ।रामबाबु गुरुङ निर्माता रहेको फिल्मलाई उपेन्द्र सुब्बाले लेखन तथा निर्देशन गरेका हुन् । फिल्ममा विजय बराल, कमलमणि नेपाल, प्रेम सुब्बा, पुष्कर गुरुङलगायतको पनि अभिनय रहेको छ ।