विराटनगर / विराटनगर ९ मा सञ्चालित भानु कलेजले कक्षा १२ मा अध्ययनरत ३ सय जना विद्यार्थीहरुलाई शुक्रवार एक कार्यक्रम आयोजना गरी बिदाई गरेको छ ।
कलेजमा अध्ययनरत विज्ञान तथा व्यवस्थापन संकायकामा अध्ययनरत विद्यार्थीहरुलाई १७ औँ ब्याचको विदाई कार्यक्रमा मायाको चिनो प्रदान गरी कलेजले बिदाई गरेको हो ।
कार्यक्रममा कलेजले लिएको आन्तरीक र हिसान परीक्षाहरुमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई समेत पुरस्कृत गरेको छ ।
कार्यक्रममा विद्यार्थीले नाचगान गरी उपस्थित अतिथिलाई मनोरञ्जन प्रदान गरेका थिए ।
कार्यक्रमका सभापति प्रा.डा. दामोदर थापा क्षेत्री, प्रा.डा.नागेन्द्र प्रसाद साह, कलेजका प्राचार्य मोहन कुमार श्रेष्ठ, कलेजका अतिरिक्त क्रियाकलाप को–अर्डिनेटर देवेश प्रधान,शिक्षक नरेश पौडेल कार्यक्रम संञ्चालक नविन गौतम र शिक्षिका मैया निरौला लगायतले शुभकामना दिएका थिए ।
एन्फा खेलाडी निशान्त पाण्डे, अन्तराष्ट्रिय हेन्ड बल खेलाडी आरजु रावत र अतिरिक्त क्रियाकलापमा अब्बल विद्यार्थीहरु रोश्ना पौडल र पुजा चौधरीलाई समेत विशेष सम्मान गरिएको थियो । बिदाई हुन लागेका विद्यार्थीहरु पुजा चौधरी र विमन्ता राईले कलेजमा बिताएका अनुभव र समयको अनुभव समेत सुनाएका थिए ।