विजयपुर / धरानमा जर्बजस्ती करणी पछि हत्या गरी फरार रहेका २ जनालाई १६ बर्षपछि ईलाका प्रहरी कार्यलय धरानले पक्राउ गरि आईतबार सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा धनकुटा सहिदभुमी गाँउपालिका वडा नम्बर १ बस्ने बर्ष ४४ कल्पन राई र बर्ष ५६ का चन्द्रबाहादुर राई रहेका छन । धरानका डिएसपी नवराज मल्लका अनुसार २०६४ साल मंशिर २३ गते साँझ पौने ६ बजे धरान १२ महेन्द्रपथ स्थीत बलभद्रेश्वर धर्मशालाको २१८ कोठा नम्बरमा २५ बर्षीय ललिता राईको मृत शव फेला परेको थियो ।
दुर्गन्धि अबस्थामा रहेको उक्त शवको अनुसन्धान गर्दा उनको योनी र मुखबाटरगत निस्कीएको भेटिएको थियो । तत्कालिन समयमा घटनाको बारे पहिचाहान हुन नसक्दा घटनामा संलगनहरु फरार रहेका थिए । सो घटनाको किटानी जाहिरी उजुरी समेत परेको थिएन ।
अनुसन्धान हुन नसकेका पुराना अपराधका घटनाहरुलाई सुक्ष्म अनुसन्धान र मृतकका आफन्तहरु सँग निरन्तर सोधपुछ गरिरहदा आशंका गरिएका व्यक्तीलाई १६ बर्षपछि पक्राउ गर्न सफल भएको डिएसपी मल्लले बताएका छन । उनका अनुशार चन्द्रबमहादुर राईले २०६४ मंशिर १९ गते मृतक ललतिालाई धर्मशालामा राखेको खुलेको छ ।
सो कोठामा चन्द्रबाहादुर र अर्का कल्पन राईले ललितालाई पालैपालो पटक –पटक जर्बजस्ती करणी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको डिएसपी मल्लले बताएका छल्लले जानकारी दिएका छन । करणी पछि घाँटि थिचेर हत्या गरी आफुहरु फरार रहेको उनिहरुले बताएको डिएसपी मल्लले जानकारी दिएका छन ।
पक्राउ पर्ने दुबैलाईमुलिकी अपराध संहिता २०७४को कर्तव्य ज्यान मारेको कसुरमा जिल्ला अदालतमा १० दिनको म्याद थप गरी अनुसन्धा भईरहेको प्रहरीले बताएको छ ।