ग्रिनक्रस अस्पतालले सर्पदंशका विरामीको सफल उपचार

  • जेठ १०, २०८०
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर /  विराटनगर स्थित ग्रिनक्रस अस्पतालले सर्पदंशका एक विरामीको सफल उपचार गरेको छ । वैशाख ३१ गते गोमन सर्पले डसेर ग्रिनक्रस अस्पतालमा उपचारार्थ भर्ना भएकी ६८ वर्षीया गंगामाया आचार्यको सफल उपचार गरेको हो ।

सुन्दरहरैचा ७ गोठगाउँकी आचार्य अचेत अवस्थामा अस्पतालमा भर्ना गरिएको थियो । आचार्यको श्वासप्रश्वास एवं धड्कनको गति स्थिर नभएको अवस्थामा सो अस्पतालको चिकित्सक समूहको विशेष टोलीले उनको स्वास्थ्य अवस्था गम्भीर ठानी भेन्टिलेटरसहितको सघन उपचार कक्षमा राखेर उपचार शुरू गरेको थियो ।

पाँच दिनसम्मको अथक प्रयास पछि ग्रिनकस अस्पतालले उनलाई बचाउन सफल भएको हो ।

आफन्तहरूले माया मारिसकेकै अवस्थामा अन्तिम आशसहित विरामी आचार्यलाई ग्रिनक्रस अस्पतालमा भर्ना गरेका थिए ।

गोमन सर्पले डसी बेहोस भएकी आचार्यको उपचार सफल भएपछि गंगामायाले। पुनर्जन्म पाएको उनका आफन्तहरूले बताएको अस्पतालका अध्यक्ष कृष्ण खवासले बताए ।

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved