विगतको तुलनामा नाम्जे होमस्टेमा पर्यटक घट्दै

  • जेठ १०, २०८०
  • "कोशीपत्र/संवाददाता"
alt

धरान /प्रदेश न १ कै उत्कृष्ठ र पर्यटकीय क्षेत्रको रुपमा चिनिएको धनकुटा साँगुरिगढि गाउँपालिकामा रहेको नाम्जे–थुम्की सामुदायीक होमस्टेमा सिजनको समयमा पनि पर्यटकहरु आउने संख्यामा कमी देखिएको छ ।

विगतका बर्षहरुमा गर्मी मौसम सुरु हुना साथ अत्याधिक मात्रामा पर्यटक आउने गरे पनि यस बर्ष भने विगतको जस्तो पर्यटकहरु नआएको नाम्जे होमस्टे सञ्चालक अनिल राना मगर बताउँछन् । उनी भन्छन्–‘कोरोना संक्रमणपछि सुस्ताएको भेडेटारको व्यापार अहिलेसम्म तंग्रिन सकेको छैन, पर्यटक नै नआएपछि भेडेटार सुनसान छ भने होमस्टेहरु समेत सुनसान बन्न थालेको छ ।’

अर्गानिक उत्पादन र मगरहरुको मौलिक संस्कृति प्रबद्र्धनका लागि चिनिएको उक्त स्थानलाई अमेरिकि सामाचार संस्था सिएन्एन्ले नाम्जे गाउँलाई घुम्नै पर्ने विश्वका १२ वटा गन्तव्यको सूचिमा सूचिकृत गरेको थियो । मगर जातिहरुको बाहुल्यता रहेको नाम्जे र थुम्की टोलका दुई दर्जन भन्दा बढी होमस्टे संचालनमा रहेका छन ।

घरमै अर्गानिक उपादन र मौलिक सँस्कृति पस्किने गरेको होम स्टेहरुमा पर्यटकहरुको आकर्षक बढ्ने गरेको छ । यसले गर्दापनि पर्यटक बढी आउने गरेका छन् । विराटनगरबाट नाम्जे होमस्टेमा पुगेका सुमन साहले अर्गानिक खानपिन र घरमै सुतेको अनुभव हुने भएकोले भेडेटार बास बस्नुपर्दा नाम्जेमा रहेको होमस्टेहरुमा बास बस्ने गरेको बताए ।

उनले भने–‘म भेडेटार घुम्न आउँदा होमस्टेमै बस्छु, अर्गानिक खानेकुरा र पहाडी परिवेश भएको घरमा बस्न पाउँदा मलाई अत्यन्तै आनन्द लाग्छ, त्यही भएर म होटलमा बस्दिनँ ।

नेपाल भ्रमण बर्ष २०२० को पूर्वसंन्ध्यामा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उत्कृष्ठ होमस्टे सेवा प्रदान गरेको भन्दै प्रशंसा र प्रमाण पत्र प्रदान गरेको थियो । घरवास कार्यक्रम अन्तर्गत यहाँका स्थानियले शुरु गरेको होमस्टेमा अर्र्गानिक परिकार, खानपिन र मगरहरुको मौलिक संस्कृति हुर्रा नाचका कारण प्रख्यात रहेको छ ।

कक्षा १२ को परीक्षा ...

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यही वैशाख ११ गतेदे ...

बीपी प्रतिष्ठानमा अन ...

धरान ।दक्षिण एसियाकै प्रतिष्ठित बीपी कोइराला स्वास्थ्य ...

विचाराधिन सर्दु जलाध ...

धरान । अदालतमा विचाराधीन रहेको धरान १३ र ४ मा रहेको सर् ...

मिसेस स्टेट २०२५ सिज ...

धरान । वुमन्स वर्थ गु्रप को आयोजनामा यहि जेष्ठ १७ गते ह ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved