राष्ट्रिय कुराँश प्रतियोगि खेल धरानमा हुने

  • जेठ ९, २०८०
  • "कोशीपत्र/संवाददाता"
alt

धरान/ नेपाल कुराँश संघको आयोजनामा जेठ २६  गतेदेखि प्रतियोगिता हुने भएको छ । पहिलो पटक काठमाडौंमा सम्पन्न भएको सो प्रतियोगितामा यस पटक भने धरानमा हुन लागेको हो ।

प्रतियोगिता आयोजना गर्नको लागि धरानमा सोमवार स्थानीय रुपमा प्रतियोगिता आयोजक समिति गठन भएको छ । शनिवार भएको भेलाले जीवन राईको संयोजकत्वमा सो समिति निर्माण गरीएको हो ।

समितिको सचिवमा सम्फर तामाङ चयन गरीएको छ भने आर्थिक समितिको संयोजकमा अशोक राई रहेका छन् ।

सो समितिको प्रचार प्रसार समितिको संयोजकमा भोला श्रेष्ठ, सदस्यमा रस्मी प्रधान, रिकेश विश्वकर्मा रहेकाछन् ।

यो खेल पूर्व क्षेत्रका लागि नितान्त नौलो भएको र खेलकुदको शहर उपनामले परिचित धरानमा यस खेलको प्रतियोगिता आयोजना गरिन लागेको प्रतियोगिता संयोजक जीवन राईले जानकारी दिएका छन् ।

राईका अनुसार जेठ २६ गतेदेखि २८ गतेसम्म प्रतियोगिता आयोजना हुनेछ भने प्रतियोगितामा महिला जुनियर र सिनियर गरी ४०,४४,४८,५२,५७,र ६३ साथै ६३ माथि तौल समूहमा हुनेछ भने पुरुषतर्फ पनि ४०,४४,४८,५२,५७,६३,७३ साथै ७३ तौल माथि समूहमा हुनेछ । यो प्रतियोगिता पूर्वको लागि पहिलो र नौलो प्रतियोगिताको रुपमा हुनेछ ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved