धनकुटाका युवाहरु व्यवसायिक बाख्रा पालनमा आकर्षित "पालेका बाख्रा बिक्री नहुदा भने उनीहरु चिन्तित"

  • जेठ ११, २०८०
  • "कोशीपत्र/संवाददाता"
alt

धरान /धनकुटामा पछिल्लो समय व्यवसायिक बाख्रा पालन फस्टाएको छ । विदेश गएर फर्किएका युवा व्यवसायिक रुपमा बाख्रा पालनतिर लागेका हुन् । अझ पछिल्लो समय लोकल जातका भन्दा पनि बोयर जातका बाख्रामा लगानीगरेका छन् । तर आफूले पालेका बाख्रा बिक्नै छाडेपछि भने कृषिक चिन्तित छन् ।

स्थानीय जातको बाख्रा भन्दा बढी र राम्रो आम्दानी हुने भन्दै धनकुटाका बाख्रापालन कृषकले पछिल्लो समय बोयर जातका बाख्रा पाल्न थालेका छन् ।उनीहरुले पालेको बोयर जातका बाख्राले शुरु शुरुमा राम्रो आम्दानी गरे पनि पछिल्लो समय भने कम बिक्न थालेपछि कृषकहरु चिन्तित बन्न थालेका छन् ।

बोयरसहित जमुनापारि आयातित जातका खसी बोकामा समस्या देखिएको हो ।विक्नै गह्रो हुने र विकी भईहाले पनि कम मूल्यमा विक्री गर्नुपर्ने बाध्यता रहेको कृषकहरु बताउँछन् ।

बजारीकरण नभएको, बजारीकरण नभएपनि कम मूल्यमा विक्री गर्नुपर्ने बाध्यता गाउँमा आएका खरिदेहरुले अत्यन्तै कम मूल्यमा खरिद गर्ने, बजारको भाउ नदिने हुदा समस्या भएको चौविसे गाउपालिका धनकुटाका बाख्रापालक कृपष सूर्यबहादुर खड्का बताउँछन् ।

उनी भन्छन्–‘उनले भने खरिदेहरु खरिद गर्न गाउँमै आउँछन् अत्यन्तै कम मूल्यमा खरिद गर्न खोज्छन्, २० हजार पर्ने खसी बोकालाई १० हजारमा माग्ने, बाहिरको खसी आउँछ, यो पनि हामीले धेरै मूल्य हालेको भन्ने जस्ता प्रतिक्रिया उनीहरुले दिने गरेका छन्, यसले गर्दा गाउँमा पालेका खसी विक्री नै हुन छाडेका छन् ।’

उनका अनुसार शुरुमा बोयर जातका खसी बोका प्रतिगोटा दुईलाखसम्म मूल्यमा खरिद हुने गरेको थियो । अहिले प्रतिकेजी ५ रुपैयासम्म पनि विक्री हुन कठिन हुने गरेका छ ।

पछिल्लो समय मुलुकमै आएको आर्थिक मन्दीका कारण पनि विक्री वितरण कम हुन थालेको हुन सक्ने भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र धनकुटाका प्रमुख लोकनाथ ढुंगाना बताउँछन् ।

यता कृषकहरुले भने क्रयशक्ति घटेर नभई भारतीय बजारसँग नेपाली खसी बाख्राले प्रतिष्पर्धा गर्न नसक्दा यहाँको खसी विक्रीको व्यापार खस्किएको बताउने गरेका छन् । लावँगे एग्रो फर्म, धनकुटाका सञ्चालक दिपक दाहालले नेपाली खसी बाख्राले भारतमा पालिएका खसीबाख्रा प्रतिष्र्धा गर्न नसकेर विक्री नभएको बताएका छन् ।

उनले भने–‘भारतले कृषलाई धेरै सहुलियत दिएको छ, जसले गर्दा उनीहरुले कम मूल्यमा खसी बोका विक्री गर्न सक्छन्, नेपालमा कृषकलाई त्यस्तो खालको कुनै प्रोत्साह हुने खालका कार्यक्रम ल्याएको छैन,दिएको पनि छैन,यसले गर्दा भारतीय खसी बोकासँग नेपाली खसी बोकाका कृषकले प्रतिष्पर्धा गर्न नसक्दा यहाँको बजार खस्किएको हो ।’

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved