लायन्स क्लवको जिल्ला महाधिवेशन धरानमा

  • जेठ १०, २०८०
  • "कोशीपत्र/संवाददाता"
alt

धरान /सामाजिक कार्यमा सक्रिय लाइन्स क्लब ३२५ को पहिलो महाधिवेशन धरानमा हुने भएको छ ।
लायन्स क्लव ३२५ सि अन्र्तगतको ५२ औ बर्षको ईतिहासमा धरानमा पहिलो पटक महाधिवेशन हुने क्बले बुधबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार क्लबले जेष्ठ १२ गते धरान १५ स्थित किरात थाक्थुम चुम्लुङमा गर्ने भएको हो ।क्लबका डिस्ट्रीक गर्भरनर लायन धिरज गुरुङ (पिएमजियफ)ले दिएको जानकारी अनुसार महाधिवेशन शुरु भन्दा अगाडि शान्ति ¥यालीको आयोजना गर्ने भएको छ । ¥याली विभिन्न चौक घुमेर पुन  चुम्लुङ भवनमा आएर सम्पन्न हुने डिस्ट्रिक गर्भर गुरुले जानकारी दिए ।

अधिवेशनबाट नयाँ नेतृत्व चयन समेत गरिने उनले जानकारी दिए । उनले भने–‘अधिवेशनमा नयाँ नेतृत्व चयन गरिनेछ, सोही अधिवेशनबाट आगामी बर्षको नीति तथा कार्यक्रम समेत सार्वजनिक गरिनेछ ।’उनका अनुसार डिस्ट्रीक ३२५ सिं अन्र्तगत १० वटा जिल्लाभरि करिव १६० क्लवमा ४ हजार सदस्यहरु आवद्ध रहेको बताए ।

उनका अनुसार ४ हजार सदस्यता भएपनि ३ सय ४३ जनाले मात्र भोट गर्न पाउने छन । जिल्ला महाधिवेशनमा राष्ट्र तथा अन्र्तराष्ट्रि गरि करिव ७ सय जनाले प्रतिनिधित्वको सहभागिता रहनेछ ।

विसुद्ध सामाजिक कार्यमा सक्रियता जनाउदै आएको लायन्स क्लव ईन्टरनेशनल फाउन्डेशनबाट धरान १३ मा रहेको लायन्स सत्य साई स्कुलमा करिव १ करोड ७० लाखको भवन निर्माण सम्पन गरेको,धरान १५ स्थित ज्ञान चक्षु स्कुलमा १ हजार ५ सय २५ वटा सेतो छडी वितरण गरेको, १ लाख ५० हजार डट कपी सामुदायिक स्कुलमा वितरण गरेको,५ हजार ५ सय ५५ ब्लड कलेक्शन टार्गेटको रेकड तोड्दै ५ हजार ६ सय ८५ ब्लड कलेक्शन गरेको,बहिरा,दृष्टिविहिनहरुलाई कान सुन्ने मेशिन वितरण गरेको लगायतका काम आफ्नो कार्यकालमा गरेको उनले सुनाए ।

उनले काठमाण्डौमा रहेको लायन्स ब्लड बैक शाखा किर्तिपुरमा सञ्चालन भइसकेको र अब चाडढै धरानमा पनि सञ्चालन हुने जानकारी दिए अन्तर्राष्ट्रिय सस्तरमा १९१७ मा स्थापित संस्था लायन्स क्लवको १९७१ मा मोरङको बिराटनगर तत्कालीन प्रधानमन्त्री मातृकाप्रसाद कोइरालाले गरेका थिए भने सन १९८५मा धरानबाट शुरु भएको थियो । हाल यो संस्थामा २१ वटा लायन्स क्लव रहेको छ ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved