मुवाथाइ च्याम्पियनसिप सम्पन्न

  • मंसिर २६, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान : सुनसरी मुवा थाइ संघको आयोजनामा प्रदेश १ मा नै पहिलो पटक धरानमा भएको मुवा थाइ राष्ट्रव्यापि च्याम्पियनसिपको शनिवार सम्पन्न भएको छ ।

मुवा थाई खेलको प्रदशर्न तथा प्रर्वद्धन गर्ने उद्धेश्यले धरानको भानुचोकमा सम्पन्न च्याम्पियनसिपमा सुनसरीका मुवाथाई संघका सिदार्थ लिम्वु, ललितपुर मुवाथाइका सुमित देसाई, सिन्धुल्पालचोक मुवाथाइका फेजिमान गुरुङ्ग र सुवानि श्रेष्ठ र काभ्रेका सन्तोष विश्वकर्मा च्याम्पियन वनेका छन । सुनसरीका सिदार्थले ६३ केजी तौलमा रामेछापका मिनवहादुर मगरलाई, ललितपुरका सुमितले ५७ केजी तौलमा, दार्चुलाका तेजसिंह एरिलाई, सिन्धुल्पालचोककी फेजिमाया गुरुङ्गले ४८ केजि तौलमा सर्लाहीका अञ्जना ढुङ्गेललाई, सिन्धुल्पालचोककै सुवानी श्रेष्ठले विपना जिसिलाई र काभे्रका सन्तोष विकले ७३ केजी तौलमा ललितपुरका सुजन महर्जनलाई पराजित गरेका थिए । तीन मिनेटको तिन राउण्ड खेलाइएको खेलमा सन्तोषले सुजनलाई पहिलो राउण्डमा नै नकआउट गरेका थिए ।

विजेता खेलाडीहरुलाई नगद १० हजार र उपविजेता खेलाडीलाई नगद ५ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि धरान उपमहानगरपालिका पुर्व मेयर तिलक राई, कार्यक्रमका सभाध्यक्ष मुवा थाई सुुनसरी संघका अध्यक्ष एल्कोन मगर, विशेष अतिथि धरान उपमहानगरपालिका उपप्रमुख अइन्द्र वेघा, मुवा थाई केन्द्रीय अध्यक्ष गणेश कक्षपति, सियोन स्कुलका अध्यक्ष खड्कवहादुर मगर लगायतले पुरस्कार वितरण गरेका थिए । च्याम्पियनसिपमा उपस्थित दर्शकहरुको मनोरञ्जनका लागि युनाइटेड डान्स सेन्टरका कलाकारहरुले नृत्य प्रस्तुत गरेका थिए ।

भारतको प्याजमा निर्भ ...

धरान/ भारतमा प्याजको मूल्य बढ्नु र नेपालमा प्याज उ ...

बाढीपीडितको पीडामा प ...

काठमाडौं/  पश्चिम नेपाल बस व्यवसायी प्रालिले प्रधा ...

धरानमा १ हजार जनाको ...

धरान/ ज्येष्ठ नागरिकमा बढ्दो हड्डी कमजोर हुने समस् ...

बाढी प्रभावितको सहयो ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved