शिक्षक र विद्यार्थी सम्मानित

  • मंसिर २५, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

मोरङ / निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) मोरङको १३ औं वार्षिक साधरण सभाको अवसर पारेर शिक्षक र विद्यार्थीलाई सम्मान गरिएको छ ।
विराटनगरमा शनिबार भएको वार्षिक साधरणसभामा उत्कृष्ट नतिजा ल्याउने ६ जना विद्यार्थी र १५ जना शिक्षकहरूलाई सम्मान गरिएको हो ।

एसइइको परीक्षामा ४ जिपिए ल्याउने उर्लाबारीस्थित पशुपति माविमा अध्ययरत छात्र आर्दस भट्टराई र छात्रातर्फ सोही विद्यालयका ३.९५ जिपिए ल्याउने विद्यार्थीलाई नगदसहित सम्मान गरिएको थियो । यस्तै कक्षा १२ मा उत्कृष्ट जिपिए ल्याएर उत्तिर्ण हुने छात्रतर्फ विराटनगरस्थित बिकेभिए स्कुलका आयम कट्टेल, आदित्य बर्मा, सुजन निरौला र छात्रातर्फ पथरीस्थित रेडस्टार माविका त्रियुगा आङ्छाङबो लिम्बुलाई सम्मान गरिएको थियो ।

यसैगरी शिक्षकहरूतर्फ लक्ष्मी राना मगर, रुकमणि दुलाल, अनन्तराम दाहाल, राम प्रसाद खनाल, योगेन्द्र बस्नेत, खेमराज प्रसाई, पेहिम राई, अलावति राजवंशी, गंगा चौलागाइ, बसन्त कुमार दास, दौपदी कुमार मण्डल र एडल्फलाई सम्मान गरिएको छ ।
सम्मानित भएका विद्यार्थी र शिक्षकहरूलाई कार्यक्रमका प्रमुख अतिथि प्याब्सनका केन्द्रीय उपाध्यक्ष राजेश कुमार दास र प्याब्सन मोरङकी अध्यक्ष शितला सुब्बाले कदरपत्र र दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

कार्यक्रममा प्याब्सनका केन्द्रीय उपाध्यक्ष बासुदेव न्यौपाने, शिक्षा विकास तथा समन्वय इकाइ मोरङका प्रमुख टंक गौतम, प्याब्सन केन्द्रीय सचिब हेमन्त कार्की, प्याब्सन प्रदेश १ का अध्यक्ष टिकाराम ढकाल, उपाध्यक्ष तथा प्याब्सन मोरङका प्रमुख सल्लाहकार अर्जुन बस्नेत, प्याब्सनका पुर्व केन्द्रीय सदस्यहरु रमेश कुमार मिश्र, लेखनाथ भट्टराई, प्याब्सन प्रदेश १ का कोषाध्यक्ष राजेश आचार्य, प्याब्सन मोरङका वरिष्ठ सल्लाहकार केशवलाल सिंह सुवाल, नेपाल उद्योग परिसंघ प्रदेश १ का अध्यक्ष भीम घिमिरेलगायतको उपस्थिति रहेको थियो ।

जिफन्टद्धारा आफ्ना स ...

काठमाण्डौं । आफ्ना सदस्यहरुलाई मुटु, मृगौला, क्यान्सर, ...

कक्षा १२ को परीक्षा ...

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यही वैशाख ११ गतेदे ...

बीपी प्रतिष्ठानमा अन ...

धरान ।दक्षिण एसियाकै प्रतिष्ठित बीपी कोइराला स्वास्थ्य ...

विचाराधिन सर्दु जलाध ...

धरान । अदालतमा विचाराधीन रहेको धरान १३ र ४ मा रहेको सर् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved