पुस ९ गतेदेखि हिबिस्कस क्विज मेनिया सिजन–५ हुने

  • कार्तिक १४, २०८३
  • कोशीपत्र/संवाददाता
alt

धरान/ धरान–१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले पाँचौँ संस्करणको ‘हिबिस्कस क्विज मेनिया’ खुल्ला हाजिरी जवाफ प्रतियोगिता यही पुस ९ र १० गते आयोजना गर्ने भएको छ ।

शुक्रवार विद्यालयमा आयोजित पत्रकार सम्मेलनमा हिबिस्कस क्विज मेनिया सिजन–५को पहिलो चरण प्रतियोगिता पुस ९ गते र फाइनल पुस १० गते हुने जानकारी दिइएको हो । देशभरबाट प्रतियोगितामा १ सयभन्दा बढी विद्यालय सहभागी हुने आयोजकको अपेक्षा छ ।

प्रतियोगितामा सहभागी हुन प्रतिटिम ९ सय रुपैयाँ प्रवेश शुल्क लाग्नेछ । प्रत्येक टिममा तीन जना विद्यार्थी सहभागी हुन पाउनेछन् भने कम्तीमा एक छात्रा अनिवार्य हुनुपर्ने प्रतियोगिताका संयोजक सुवास मोक्तानले जानकारी दिए ।

खरिदार तहको लोकसेवा आयोगको पाठ्यक्रमका आधारमा प्रश्न तयार गरिने प्रतियोगितामा प्रथम हुने टिमले २० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । दोस्रो हुनेले १५ हजार, तेस्रोले १० हजार, चौथोले ६ हजार, पाँचौँले ४ हजार र छैटौँले २ हजार रुपैयाँसहित प्रमाणपत्र पाउनेछन् ।

तेस्रो पुरस्कार गत वर्ष ८ हजार रुपैयाँ रहेकामा यस वर्ष २ हजार रुपैयाँ वृद्धि गरी १० हजार रुपैयाँ पुर्‍याइएको आयोजकले जनाएको छ ।

पहिलो चरणबाट छनोट भएका उत्कृष्ट ६ टिमले फाइनलमा प्रतिस्पर्धा गर्नेछन् । २०७९ सालदेखि सञ्चालन हुँदै आएको प्रतियोगिताको चौथो संस्करणको उपाधि गत वर्ष मोरङको साजिलाल माध्यमिक विद्यालयले जितेको थियो ।

पहिलो संस्करणमा आयोजक हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल विजेता बनेको थियो । दोस्रो संस्करणमा नेपाल पुलिस स्कुलले उपाधि जितेको थियो भने तेस्रो संस्करणको विजेता हिबिस्कस स्कुलले जितेको आयोजकले जनाएको छ ।

प्रतियोगिता संयोजक सुवास मोक्तानको,सहसंयोजकमा विकास साह, सचिवमा नयनराज राई र प्राविधिकतर्फ मनि श्रेष्ठ रहेका छन् । अभिभावक भोला श्रेष्ठलाई मिडिया संयोजकको जिम्मेवारी दिइएको छ भने विद्यालयका प्रबन्ध निर्देशक गङ्गाराम राई सल्लाहकार रहेका छन् ।

खुल्ला प्रतियोगिता भएकाले सहभागी विद्यालयको सङ्ख्या र उपलब्ध स्थानको अवस्थाअनुसार पहिलो चरणको प्रतियोगिता विद्यालयबाहिर अन्य स्थानमा समेत सञ्चालन गर्न सकिने आयोजकले जनाएको छ ।

धरानका युवक चढेको मो ...

बारा/ बाराको जितपुर सिमरामा डिजेल बोकेको ट्यांकर, ...

मध्यराति प्रहरी देखे ...

देवानगञ्ज/ सुनसरीको देवानगञ्जमा भन्सार छली गरी भारतबाट ...

प्रहरीमाथि पेस्तोल त ...

धरान/ मोरङमा लागूऔषध नियन्त्रण ब्युरोको टोलीले प्रहरीमा ...

सुनसरीमा प्रहरीलाई द ...

धरान/ सुनसरीको देवानगञ्जमा प्रहरीलाई देख्नेबित्तिक ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved