थापालाई सृजनशील पत्रकारिता पुरस्कार

  • मंसिर २५, २०७९
  • "स्नेहा श्रेष्ठ"
alt

विजयपुर / अग्रज पत्रकार गिरिराज आचार्यको नामबाट प्रत्येक बर्ष दिँदै आएको गिरिराज आचार्य सिर्जनाशील पत्रकारिता पुरस्कारबाट यस बर्ष फोटो पत्रकार लक्ष्मण थापा पुरस्कृत एवम् सम्मानित भएका छन् ।
उनलाई शनिवार आयोजित एक कार्यक्रमकाबीच सो पत्रकारिता पुरस्कारबाट सम्मानित गरिएको हो । उनलाई नगद २० हजारसहित सम्मानपत्रले सम्मानित गरिएको हो ।
नेपाली काँग्रेस धरान नगर समितिको कार्यालयमा आयोजित कार्यक्रममा पत्रकार थापालाई नेपाली काँग्रेस प्रदेश १ का महामन्त्री उमेश थापाले नगद २० हजार सहित सम्मानपत्र प्रदान गरेका थिए
लामो समयदेखि फोटो पत्रकारिता गरेका थापाले २०५७ सालदेखि नै फोटो पत्रकारिता शुरुवात गरेका थिए ।

उनले धरान साप्ताहिकबाट फोटो पत्रकारिता शुरु गरेका हुन् । उनले धरानबाट प्रकाशित मर्निङ पोष्ट, काठमाण्डौबाट प्रकाशित हुने स्पेस टाइम्स, राजधानी दैनिक, विश्वदिप साप्ताहिकमा सक्रिय भएर काम गरेका थिए । धरानका प्राय ः सबै पत्रिकामा उनको फोटो प्रकाशित भइसकेको छ । कोशी आवाज साप्ताहिकमा अहिले पनि सक्रिय रहेका थापा पछिल्लो समय आफ्नै युट्युव च्यानल ‘बुढासुब्बा न्युज’ सञ्चालन गरिरहेका छन् ।धरान उपमहानगरपालकाका पूर्व मेयर एवम् नेपाली काँग्रेसका पूर्व सभापति तिलक राईले नेपाल प्रेस युनियन र नेपाली काँग्रेस धरान नगर समितिको नाममा पत्रकारिता क्षेत्रमा योगदान पु¥याउदै आएका एक जना सक्रिय पत्रकारलाइ प्रदान गर्ने उद्देश्यले स्थापना गरेका थिए ।

पूर्व मेयर राईले उपमहानगरपालिकाबाट नगर प्रमुख हुँदा पाउने तलब, भत्ता, सुविधाको रकमबाट २ लाख रुपैयाँको अक्षयकोष स्थापना
गरेका थिए ।

यो पुरस्कार नेपाली काँग्रेस सुनसरीका संस्थापक सचिव, प्रेस युनियन सुनसरीका संस्थापक धरानका अग्रज पत्रकार गिरिराज आचार्यको सम्मानमा अक्षय कोष निर्माण गरिएको हो । सोही अक्षय कोषबाट बर्षेनी एक जना पत्रकारलाई सम्मान गरिदै आइएको छ । स्थापना भएको पहिलो बर्ष धरानका पत्रकार भैरव आङगलालाई प्रदान गरिएको थियो ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved