लै‌‌गिक हिंसाविरुद्ध निरन्तर दवाब आवश्यक

  • मंसिर २६, २०७९
  • कोशीपत्र/संवाददाता
alt

‘सभ्य समाजको पहिचान, लैङ्गिक हिंसाविरुद्धको अभियान’ भन्ने नारासहित लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान विश्वव्यापी रूपमा सञ्चालन भएको छ । डोमिनिकन गणतन्त्रको मिरावेल परिवारका तीनजना दिदीबहिनीलाई तत्कालीन त्रुजिलो तानाशाही सरकारले सन् १९६० नोभेम्बर २५ का दिन निर्मम हत्या गरेको थियो । समानताको आवाज उठाउँदा ज्यान गुमाएका तीन दिदीबहिनीको साहसको कदर गर्दै ल्याटिन अमेरिकी देशहरूले २५ नोभेम्बरलाई महिला हिंसाविरुद्धको दिवसका रूपमा मनाउन थालेका हुन् । एकै परिवारका तीन दिदीबहिनी पेट्रिया, मिनर्भा र मारियाको हत्यालाई महिलाविरुद्धको हिंसाको रूपमा लिएर उनीहरूकै सम्मान र सम्झनाका लागि १६ दिने अभियान मनाउन थालिएको हो ।

समानताको आवाज उठाउँदा ज्यान गुमाउने दिदीबहिनीको सम्मान र सम्झनामा बर्सेनि अभियान नै सञ्चालन गर्नु सकारात्मक विषय हो । यस्तो अभियानले हरेक व्यक्तिलाई समानताका पक्षमा आवाज उठाउन प्रेरणा र साहस प्रदान गर्छ । यस्तो अभियानले लैङ्गिक हिंसाको अन्त्यका लागि पनि जनचेतना फैल्याउँछ । मङ्सिर ९–२४ सम्म (नोभेम्बर २५–डिसेम्बर १० सम्म) विभिन्न जागरणमूलक कार्यक्रमको आयोजना गरी विश्वभर यो अभियान सञ्चालन गरिएको छ । नेपालमा पनि देशव्यापी रूपमा विभिन्न कार्यक्रमका साथ अभियान सम्पन्न भएको छ ।

लैङ्गिक हिंसाविरुद्ध जनचेतना पैmल्याउने उद्देश्यले अभियान नै सञ्चालन हुनु सुखद् विषय हो तर मानिसको व्यवहारमा परिवर्तन नहुने हो भने यस्तो अभियानले मात्र परिणाम प्राप्त हुँदैन । पछिल्ला वर्षहरूमा यो अभियान औपचारिकतामा सीमित बन्दै गएको देखिन्छ । बर्र्सेनि अभियान सञ्चालन भए पनि देशभरि नै घरेलु हिंसादेखि बलात्कारसम्मका जघन्य अपराधहरू हुने क्रम रोकिएको छैन । बालिकाहरू घर र विद्यालयमै असुरक्षित बनिरहेका छन् । यस्तो अवस्थामा यस्ता अभियानहरू अझ बढी औचित्यपूर्ण छ तर अभियान सार्थक र परिणाममुखी हुनु आवश्यक छ ।

यसका लागि राज्यले नीति बनाउने र कार्यान्वयनको तहमा महिला र पुरुषले बराबरी जिम्मेवारी लिने संस्कारको विकास हुनुपर्छ । नीति निर्माण तहमा महिलालाई पु¥याउन दवाब बढाइनुपर्छ । त्यसो त अहिले संसद् र अन्य विभिन्न स्थानमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गरिएको छ तर कतिपय अवस्थामा यो सहभागिता देखावटी मात्र बन्ने गरेको देखिन्छ । महिला उपस्थिति भए पनि उनीहरूको आवाज निर्णायक बन्न नसकेका उदाहरणहरू भेटिन्छन् । अतः महिला सहभागितालाई साँच्चीकै अर्थपूर्ण बनाउनु आवश्यक छ ।

समाजमा चेतनाको स्तरमा अहिले वृद्धि भएको छ । यो सकारात्मक पक्ष हो । यसैको परिणामस्वरूप विगतमा भन्दा अहिले हिंसाको उजुरी गर्ने महिलाको सङ्ख्या बढेको छ तर न्याय पाउनेको सङ्ख्या भने अत्यन्त थोरै छ । यो चाहिँ चिन्ताको विषय बनेको छ । महिलाविरुद्ध हुने हिंसाका अधिकांश घटनालाई सार्वजनिक हुनै नदिने अवस्था छ । यस्ता घटनालाई दबाउन समाज, आफन्त वा प्रहरी–प्रशासन नै सक्रिय हुन्छन् । घटना सार्वजनिक भए परिवारको प्रतिष्ठामा आँच आउने भय देखाएर घटनालाई लुकाउने गरिन्छ । यस्तै प्रवृत्तिका कारण समाजमा लैङ्गिक हिंसाका घटना बढिरहेका छन् ।
हिंसाले व्यक्तिको सर्वाङ्गीण विकासमा बाधा पार्ने भएकाले यस्ता गतिविधिलाई अक्षम्य मानिनुपर्छ । हिंसामा संलग्न जोसुकै भए पनि उसलाई दण्डको भागिदार बनाउनुपर्छ । यसका लागि निरन्तर खबरदारी र दवाब आवश्यक छ । १६ दिन औपचारिक अभियान सञ्चालन गर्दैमा दायित्व पूरा भएको ठान्नु हुँदैन ।

'एसईई स्पिकर’ को छनो ...

धरान/ कोशी प्रदेशस्तरीय ‘एसईई स्पिकर–२ ...

सुक्खा मौसम शुरू : ध ...

धरान/ सुक्खा मौसम सुरु भएसँगै धरानमा खानेपानीको अभ ...

इलाम क्षेत्र नम्बर- ...

इलाम/  इलाम- २ मा मतगणना सुरू भएको छ। इलाम न ...

इलाम २ मा ६० प्रतिशत ...

इलाम/ इलाम क्षेत्र २ को आज (शनिबार) भएको उपनिर्वाच ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved