हलेसी तुवाचुङको सह्रानीय काम महिलालाई आत्मनिर्भर बनाउन कपास खेती

  • मंसिर २६, २०७९
  • कोशीपत्र/संवाददाता
alt

धरान / नेपालमा कपास खेति गरेर खाडीको कपडा उत्पादन गर्ने प्रचलन पछिल्लो समय हराउदै गएको छ । लोपोन्मुख बन्दै गएको कपास खेतिलाई पूर्ण जागृत गर्ने अभियानमा यतिबेला हलेसी तुवाचुङ नगरपालिका लागि परेको छ ।

क्पास खेति प्रवद्र्धनका लागि आर्थिक बर्ष २०७७/०७८ मा १० लाख विनियोजन गरेको नगरपालिकाले चालू आर्थिब बर्षमा २० लाख विनियोजन गरेको हो । नगरपालिकाको आर्थिक सहयोगमा वडा नं.ृ ७ कार्तिके स्थित जुनतारा आमा समूहमा आवद्ध ३४ महिला र गोदावरी आमा समूहमा आवद्ध ३१ महिलाले कपास खेति लगाएका छन् ।

नेपाली पहिचान झल्काउने दौरा सुरुवालको कपडा उत्पादन गर्दै महिलालाई आर्थिक रुपमा सबल बनाउने उद्देश्यका साथ कपास खेतिलाई पुर्नजागृत गराइएको हलेसी तुवाचुङ नगरपालिकाकी मेयर विमला राईले बताइन् । प्रसिद्ध धार्मिक स्थल हलेसी मन्दिर पनि यही नगरपालिकामा रहेको छ । हलेसीमा लाखबत्ती, आरती, पूजापाठका क्रममा काँचो धागोको बात्ती बाल्ने प्रचलन छ । कपासबाट काँचो धागो उत्पादन गरेर त्यही हलेसी नगरपालिकामा आउने भक्तजनलाई विक्री गरेर आम्दानी गर्ने योजना पनि नगरपालिकाले अगाडि सारेको छ ।

नगरप्रमुख विमला राई भन्छिन्–‘हामीसँग तीन धामको र्सगम स्थल हलेसी धाम छ, यहाँ धागो, लाखबत्ती, आरती गर्दा चोखो धागो चाहिन्छ, त्यहाँ पनि हामीले बजार व्यवस्थापन गर्न सकिने अवस्था छ, यसका साथसाथै व्यवसायिक हिसाबले महिलाहरुलाई लोप भइरहेको यो खेतिलाई ल्याएर सँस्कृति र पैसासँग जोडेर ५० जना महिलालाई आत्मनिर्भर बनाउने नगरपालिकाको योजना छ ।’ उनले यस कामले संस्कार संस्कृति पनि बच्ने, सँगसँगै आम्दानी पनि हुने भएकोले यस लक्ष्यका साथ कपास खेतिलाई बढी जोड दिएको बताइन् ।

किरात राई समुदायमा पुर्खा तायमा र खियामाले तुवाचुङमा खपास खेती गरेर कपडा बुनेर लुगा सिलाउने चलन शुरुवात गरेको किम्वदन्ति रहेको छ । करिब ४÷५ दशकसम्म धेरैजसो घरमा खाडीका कपडा तयार हुन्थ्यो, खाडीकै चोली, फरिया, भोटो बनाइन्थ्यो, तर बजारमा थरि थरिका कपडा आउन थालेपछि खाडीलाई विस्थापित गरेको हो । तर पछिल्लो समय खाडीको दौरा सुरुवालको महत्व बुझ्न थालेका छन् ।

नेपाली पोसाख दौरासुरुवालप्रति नेपाली युवा पुस्ताको आकर्षण बढ्दै गएको पाइएको छ । यसैक्रममा नगरपालिकाले सहयोग गरेपछि टिंंग्रे प्रजातिको कपास खेति लगाउन थालिएको जुनतारा आमा समूहकी कोषाध्यक्ष जुना राईले बताइन् । उनले भनिन्–‘यो हाम्रो नेपाली पोसाख दौरा सुरुवाल, युवा पुस्ताले पनि यसको महत्व बुझ्न थाले, मन पराउन थाले, आफूले कपास उत्पादन गरेर आफै लगाउन सकिन्छ हामीले फेरि शुरु गरेका हौ ।’ उनले भर्खरै कपासको महत्व बुझेकै कारण अलि अलि विक्री गरेको बताइन् । उनले भनिन्–‘कपास ७ सय रुपैया प्रतिकेजीसम्म बिक्री गरेका छौंै, विस्तारै यसले बजार लिन्छ भन्ने हामी विश्वास छ ।’ उनले विक्री नभए पनि सिरक सिरानी बनाउन प्रयोग गर्ने गरेको बताइन् । उनले भनिन्, ‘ अब यसकोे तालिम दिने भन्दै हुनुहुन्छ मेयर साबले, तालिम दियो भने हामी सबै काम आफै गर्न सक्छौं ।’

खाडीको कपडाको माग बढिरहेको बेला कपास खेतिलाई आर्थिक उपार्जनको माध्यम बनाउने यहाँका महिलाहरुको लक्ष्य रहेको उनीहरु बताउँछन् । ‘मैले कपास खेती लगाएको छु, हामीलाई उत्पादन गर्न आएपनि बुन्न आउँदैन, बुन्ने तालिम पाइयो भने आम्दानीको दह्रो स्रोत बन्छ’ स्थानीय प्रमिला राई भन्छिन्–‘कपास खेतिलाई बिक्री गर्ने ठाउँ स्थानीय सरकारले मिलाइदियो भने यो हामी महिलाहरुको लागि दरिलो आम्दानीको स्रोत बन्छ ।’

आमाहरुले बुन्ने गरे पनि आफूहरुले बुन्ने काम नससिकेको प्रमिलाको भनाई छ । खेतिसँगै ंबुन्न सीप पनि सिक्ने इच्छा आफूलाई रहेको प्रमिलाको भनाई छ । उनी भन्छिन्–‘आमाहरुले कसाप खेतिसँगै बुन्ने काम पनि गर्नुहुन्थ्यो, तर मैले बुन्ने काम सिकेको छैन, नगरपालिकाले तालिम दिने कुरा आइरहेको छ, तालिम लिएर व्यवसायिक बन्ने इच्छा छ ।’

'एसईई स्पिकर’ को छनो ...

धरान/ कोशी प्रदेशस्तरीय ‘एसईई स्पिकर–२ ...

सुक्खा मौसम शुरू : ध ...

धरान/ सुक्खा मौसम सुरु भएसँगै धरानमा खानेपानीको अभ ...

इलाम क्षेत्र नम्बर- ...

इलाम/  इलाम- २ मा मतगणना सुरू भएको छ। इलाम न ...

इलाम २ मा ६० प्रतिशत ...

इलाम/ इलाम क्षेत्र २ को आज (शनिबार) भएको उपनिर्वाच ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved