धरान/ नेकपा एमाले धरान उपमहानगर कमिटीले आफ्नै पार्टीबाट निर्वाचित वडाध्यक्षविरुद्ध कडा कदम चालेको छ। वडानं. ४ का वडाध्यक्ष धनबहादुर राईलाई पदबाट हटाउने सिफारिस गर्दै पार्टीले औपचारिक रूपमा जिल्ला कमिटीमा कारबाही प्रक्रिया अघि बढाएको छ। पार्टी अनुशासन उल्लङ्घन गरेको, नेताविरुद्ध सार्वजनिक रूपमा धारणा राखेको र संगठनसँग सम्पर्कविहीन भएको आरोपमा राईमाथि कारबाहीको सिफारिस गरिएको हो। एमाले धरानका अध्यक्ष हर्कजङ्ग एभेङका अनुसार वडा कमिटीबाट आएको सिफारिसलाई उपमहानगर कमिटीले सदर गर्दै जेठ २५ गतेकै निर्णयका आधारमा जिल्लामा पठाइएको हो। “पार्टीसँग समन्वय छैन, कार्यक्रममा आउँदैनन्, उल्टै नेत
धरान/ आगामी असार ३० गते हुने सुनसरी उद्योग वाणिज्य संघको नयाँ नेतृत्वको लागि चुनाबी सरमगी बढ्न थालेको छ । संघका अध्यक्ष विजय श्रेष्ठले नेतृत्व गरेको पदाधिकारीको समय अवधी समाप्त हुने र विधानतह नयाँ नेतृत्व चयन गर्नु पर्ने भएकाले संघले यही असार ३० गते नयाँ नेतृत्वको चुनावको लागि तय सुरु गरि मतदाता नविकरण गर्ने कार्यलाई तीब्रता दिदैं चुनावी तयारी गरेको छ । चुनाबी तयारीसँगै नयाँ नेतृत्वको लागि होडबाजी पनि शुरु भइसकेको छ । बर्तमान कार्य समिति प्रथम उपाध्यक्ष गोपाल श्रेष्ठ र निवर्तमान प्रथम उपाध्यक्ष शिवराज श्रेष्ठको चर्चा सुरु बढेर गएको छ ।यी दुई उम्मेद्धवारवीच नै टकराव हुने लगभग निश्चित छ ।
विराटनगर/ हात्ती आतंक नियन्त्रणको माग गर्दै झापाको बाहुनडाँगीमा बिहीबार हात्तीपीडितहरुले प्रदर्शन गरेका छन्। हात्तीपीडित युवा समूहको अगुवाइमा मेचीनगर नगरपालिकामा उनीहरुले नाराबाजीसहित प्रदर्शन गर्दै १५ बुँदे ध्यानाकर्षण पत्र बुझाएका हुन्। प्रदर्शनमा सहभागी पीडितहरुले ‘हात्ती चराउन पाइँदैन, राहत हामीलाई चाहिँदैन’, ‘हात्ती चराउन पाइँदैन, आँशु बेच्न पाइँदैन’, ‘हात्ती आयो पारिको, मकै खायो बारीको’ जस्ता नारा लगाएका थिए। उनीहरुले हात्ती व्यवस्थापनको स्थायी समाधान खोज्न सरकारको ध्यानाकर्षण गराएका छन्। पीडितहरुको भनाइमा, पहिले सोलार फेन्सिङ जडान गरिएपछि हात्त
काठमाडौं/ सार्वजनिक यातायात व्यवसायीहरूले गण्डकी प्रदेश सरकारको निर्णयप्रति विरोध जनाउँदै भोलिदेखि सवारी सेवा ठप्प पार्ने घोषणा गरेका छन्। गण्डकी सरकारले ‘राइड सेयरिङ’का नाममा नीजि सवारी साधनलाई यात्रु ओसारपसारमा प्रयोग गर्न दिएको भन्दै आन्दोलित व्यवसायीहरूले जेठ १९ गतेदेखि गाडी ग्यारेज वा घरमा थन्क्याउने निर्णय गरेका हुन्। नेपालका सातवटा यातायात संगठन—सार्वजनिक यातायात केन्द्रीय महासंघ, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, नेपाल यातायात व्यवसायी महासंघ, नेपाल यातायात मजदुर संघ, अखिल नेपाल यातायात मजदुर संघ, एकीकृत समाजवादी यातायात मजदुर संघ र नेपाल यातायात स्वतन्त्र मज
धरान/ सुनसरीको धरान–१६, अन्नपूर्ण चोकस्थित एसईईमा धरान प्रथम बन्न सफल नवाेदय बिद्या मन्दिर सेकेन्डरी स्कुलमा २०८२ सालको विद्यालय परिषद् निर्वाचन शुक्रबार सम्पन्न भएको छ। क्याप्टेन, भाइस क्याप्टेनसहित विभिन्न पदहरूमा विद्यार्थीहरूले मत हालेर नेतृत्व चयन गरेका हुन्। निर्वाचनमा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता देखिएको थियो। विद्यालय प्रशासनका अनुसार लोकतान्त्रिक अभ्यास र नेतृत्व विकासलाई सघाउने उद्देश्यले निर्वाचन आयोजना गरिएको थियो। निर्वाचित पदाधिकारीहरू र उनीहरूले जितेको मतान्तर यसप्रकार छ: विद्यालय क्याप्टेन:• तेन्जिल मगर (कक्षा ९) — १२९ मत (५
धरान/ धरान–१० मा रहेको विजयपुर अस्पतालमा सोमबार अन्तर्राष्ट्रिय नर्सिङ दिवस मनाइएको छ । पाँच वर्षभन्दा बढी समयदेखि अस्पतालमा सेवा गरिरहेका दुईजना नर्सलाई सो अवसरमा ‘नर्स अफ दी इयर’ सम्मान प्रदा नगरिएको थियो । यो सम्मान प्राप्त गर्ने नर्सहरूमा इमर्जेन्सी विभागका वरिष्ठ अनमी टीका शङ्कर र आईसीयू विभागका वरिष्ठ स्टाफ नर्स रञ्जिता आले मगर छन् । उनीहरूलाई ट्रफी र नगदसहित अन्य उपहारहरू पनि प्रदान गएिको थियो । त्यसैगरी, अस्पतालमा पाँच वर्षभन्दा बढी सेवा गरेका अन्य पाँचजना नर्सहरूलाई पनि ट्रफीसहित सम्मान गरिएको प्रमुख अस्पताल प्रशासक इन्दु नेपाल योन्जनले जनाए । यस
धरान/ धरानमा एक बेवारिसे अवस्थामा भेटिएको स्कार्पियो गाडीबाट प्रहरीले ठूलो मात्रामा लागूऔषध गाँजा बरामद गरेको छ। गोप्य सूचनाको आधारमा लागुऔषध ओसारपसार भइरहेको खबर पाएपछि अस्थायी प्रहरी चौकी अमरहाटबाट खटिएको टोलीले धरान उपमहानगरपालिका–१३ स्थित जिरोपोइन्ट चोकमा शुक्रबार राति चेकजाँच गरेको थियो। सुनसरी प्रहरीका अनुसार राति करिब ९ बजे चिण्डेडाँडा हुँदै कृषिबजारतर्फ जाँदै गरेको खैरो रङको को.१च.७३३५ नम्बरको स्कार्पियो गाडी जिरोपोइन्ट चोकमा चालकविहीन अवस्थामा फेला परेको हो। गाडी जाँच गर्दा पछाडिको सिटमा राखिएका कालो प्लास्टिकका १० वटा पोका फेला परेका थिए। ती सबै पोकामा गरेर करिब ३०० केजी गाँ
सुनसरी/ धरान फिटनेस क्लबद्वारा आयोजित बेंचप्रेस च्याम्पियनसिप सम्पन्न, कोपिला, सोभा, सागर र विष्णु ओभरअल विजेता धरान फिटनेस क्लबको आयोजनामा सम्पन्न पहिलो मेन्स एण्ड वुमेन्स स्ट्रेन्थ एण्ड इन्कलाइन बेंचप्रेस च्याम्पियनसिप २०८१ मा ओभरअल विजेताको उपाधि महिलातर्फ कोपिला गिरि र सोभा तामाङ तथा पुरुषतर्फ सागर टन्डन र विष्णु लामा ले जितेका छन्। स्ट्रेन्थ लिफ्टिङतर्फ महिलामा कोपिला गिरिले १५० केजी र पुरुषतर्फ सागर टन्डनले ३९० केजी तौल उचालेर उपाधि जिते। जुनियर समूहका सागरले उच्च प्रदर्शन गरेका थिए। इन्कलाइन बेंचप्रेसतर्फ महिलामा सोभा तामाङले १०२ केजी र पुरुषतर्फ सिनियर समूहका विष्णु लामाले २०९ केजी
चतरा/वराहक्षेत्र नगरपालिकामा जारी तेस्रो संस्करणको वडा स्तरीय वराहक्षेत्र मेयर लिग कप रनिङ्ग शिल्ड फुटबल प्रतियोगिता अन्तर्गत शनिबार सम्पन्न खेलमा वडा नम्बर २ र वडा नम्बर ३ ले लगातार दोस्रो जित हासिल गरेका छन्। पहिलो खेलमा वडा नम्बर २ ले वडा नम्बर ४ लाई १-० ले पराजित गर्दै समूह बिजेता बन्यो। जितसँगै वडा नम्बर २ ले ६ अंक जोड्दै नकआउट चरणमा प्रवेश गरेको छ। वडा नम्बर ४ ले ३ अंक जोड्दै समूह उप-बिजेता बन्दै अन्तिम चरणमा स्थान बनाउन सफल भयो। खेलमा निर्णायक गोलकर्ता दीपेश तामाङ म्यान अफ द म्याच घोषित भए। उनले नगद २,१०० रुपैयाँ र ट्रफी प्राप्त गरे। दोस्रो खेलमा वडा नम्बर ३ ले वडा नम्बर ७ लाई १-० गो
दुहबी/ महेन्द्र मेमोरियल एकेडेमी, दुहबी_४ ले प्रदेश स्तरीय चित्रकला प्रतियोगिता र सुनसरी प्याब्सनद्वारा आयोजित माध्यमिक प्लस टू जिल्लास्तरीय कबड्डी प्रतियोगितामा उल्लेखनीय सफलता हासिल गर्ने विद्यार्थीलाई एक विशेष कार्यक्रमका बीच सम्मान गरेको छ। कसमस एजुकेशनल ट्रेनिङ एण्ड रिसर्च सेन्टर नेपालले आयोजना गरेको कोशी प्रदेश स्तरीय चित्रकला प्रतियोगितामा महेन्द्र मेमोरियल एकेडेमीकी छात्रा अलिसा खातुन प्रथम स्थान हासिल गर्न सफल भइन्। उनले नगद रु १५ हजार, मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गरिन्। कक्षा ५ मा अध्ययनरत खातुनले १० हजारभन्दा बढी प्रतिस्पर्धीलाई पछि पार्दै यो उपलब्धि हात पारेकी हुन्। यस्तै,