महेन्द्र मेमोरियल एकेडेमीका विद्यार्थी सम्मानित चन्दन रौनियार

  • फागुन १३, २०८१
  • कोशीपत्र/संवाददाता
alt

दुहबी/ महेन्द्र मेमोरियल एकेडेमी, दुहबी_४ ले प्रदेश स्तरीय चित्रकला प्रतियोगिता र सुनसरी प्याब्सनद्वारा आयोजित माध्यमिक प्लस टू जिल्लास्तरीय कबड्डी प्रतियोगितामा उल्लेखनीय सफलता हासिल गर्ने विद्यार्थीलाई एक विशेष कार्यक्रमका बीच सम्मान गरेको छ।

कसमस एजुकेशनल ट्रेनिङ एण्ड रिसर्च सेन्टर नेपालले आयोजना गरेको कोशी प्रदेश स्तरीय चित्रकला प्रतियोगितामा महेन्द्र मेमोरियल एकेडेमीकी छात्रा अलिसा खातुन प्रथम स्थान हासिल गर्न सफल भइन्।

उनले नगद रु १५ हजार, मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गरिन्।

कक्षा ५ मा अध्ययनरत खातुनले १० हजारभन्दा बढी प्रतिस्पर्धीलाई पछि पार्दै यो उपलब्धि हात पारेकी हुन्।

यस्तै, सुनसरी प्याब्सनले आयोजना गरेको जिल्लास्तरीय कबड्डी प्रतियोगितामा महेन्द्र मेमोरियल एकेडेमीका छात्राहरू दोस्रो स्थान हासिल गर्न सफल भए।

विद्यालय प्रशासनले सफल विद्यार्थीहरूलाई खादा, माला र सम्मानपत्रसहित सम्मान गरेको थियो।

विद्यालयका प्रिन्सिपल निश्चलराज शाक्यले छात्रा अलिसा खातुनको प्रशंसा गर्दै उनको उज्ज्वल भविष्यको कामना गरे। साथै, विद्यालयको प्रतिष्ठा उचाइमा पुर्‍याएको भन्दै खातुनलाई यस वर्ष पूर्ण छात्रवृत्तिको घोषणा समेत गरे।

महेन्द्र मेमोरियल एकेडेमी सुनसरीकै अब्बल शैक्षिक संस्था मध्येको एक मानिन्छ।

शिक्षासँगै फुटबल, भलिबल, वादविवाद, चित्रकला लगायत अतिरिक्त क्रियाकलापमा पनि विद्यालयका विद्यार्थीहरू सक्रिय छन्।

विद्यालयका अभिभावकहरू संस्थाको शैक्षिक र अतिरिक्त गतिविधिमा सन्तुष्ट रहेको प्रतिक्रिया दिएका छन्।

 1740465656111

श्रीमानको खुकुरी प्र ...

झापा/ झापाको दमकमा श्रीमान–श्रीमतीबीच भएको झगडापछ ...

वैदेशिक रोजगारीको सप ...

काठमाडौँ/ वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन द ...

बराहक्षेत्रमा बिपी स ...

बराहक्षेत्र/ नेपाली कांग्रेस वराहक्षेत्र नगर कार्यसमिति ...

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved