बिजुलीको पोलमा ठोक्कियो बुलेट, ३२ वर्षीय दिपेनको मृत्यु

  • कार्तिक १२, २०८३
  • कोशीपत्र/संवाददाता
alt -फाइल तस्बिर

सुनसरी/ मोरङको मिक्लाजुङमा मोटरसाइकल दुर्घटनामा परेर एक युवकको मृत्यु भएको छ । 

मिक्लाजुङ गाउँपालिका–८ तोरीबारी जंगलमा मंगलबार राति बुलेट मोटरसाइकल बिजुलीको पोलमा ठोक्किँदा स्थानीय ३२ वर्षीय दिपेन लिम्बूको ज्यान गएको हो ।

प्रहरीका अनुसार मधुमल्लाबाट खुडीतर्फ जाँदै गरेको को १५ प ५४७१ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर सडकछेउको बिजुलीको पोलमा ठोक्किएको थियो ।

 दुर्घटनामा गम्भीर घाइते भएका लिम्बूलाई तत्काल उपचारका लागि उर्लाबारीस्थित अरनिको अस्पताल लगिएको थियो ।

तर, चिकित्सकले राति ११ः५५ बजे उनलाई मृत घोषणा गरेका थिए ।

प्रारम्भिक अनुसन्धानबाट अँध्यारो सडकमा मोटरसाइकल अनियन्त्रित हुँदा दुर्घटना भएको देखिएको प्रहरीले जनाएको छ ।

दुर्घटनास्थल मधुमल्लास्थित ट्राफिक प्रहरी कार्यालयबाट करिब चार किलोमिटर उत्तरमा पर्छ ।

दुर्घटनामा परेको मोटरसाइकल इलाका प्रहरी कार्यालय मधुमल्लाले नियन्त्रणमा लिएको छ ।

घटनाको थप अनुसन्धान इलाका प्रहरी कार्यालय उर्लाबारीका इन्स्पेक्टर नवीन वली नेतृत्वको टोलीले गरिरहेको छ ।

५ वर्ष कैद सजाय तोकि ...

सुनसरी/ इलाममा २२ वर्षअघि भएको ज्यान मुद्दामा दोषी ठहर ...

मोटरसाइकलमा लुकाएर ल ...

सुनसरी/ सुनसरीको देवानगञ्जमा मोटरसाइकलमा लुकाएर ल् ...

मोटरसाइकलको ठक्करबाट ...

मोरङ/ मोरङको ग्रामथान गाउँपालिकामा मोटरसाइकलको ठक् ...

२८ किलो गाँजा र बियर ...

सुनसरी/ मोरङको जहदा गाउँपालिकामा सफारीभित्र लुकाएर ल्या ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved