मोटरसाइकलमा लुकाएर ल्याउँदै गरेको १३ किलो गाँजासहित दुई जना पक्राउ!

  • कार्तिक १२, २०८३
  • कोशीपत्र/संवाददाता
alt

सुनसरी/ सुनसरीको देवानगञ्जमा मोटरसाइकलमा लुकाएर ल्याउँदै गरेको १३ किलोभन्दा बढी गाँजा सहित दुई जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार मिति २०८३ कात्तिक १० गते साँझ ७ः३० बजे देवानगञ्ज गाउँपालिका–२ स्थित देवानगञ्ज–घुस्की भित्री सडकखण्डमा प्रहरीले चेकजाँचका क्रममा उनीहरूलाई पक्राउ गरेको हो।

देवानगञ्जबाट घुस्कीतर्फ जाँदै गरेको प्रदेश १–०२–०४६ प १७४३ नम्बरको मोटरसाइकल रोकेर जाँच गर्दा लुकाइछिपाइ ल्याउँदै गरेको गाँजा १३ किलो ५२० ग्राम  फेला परेको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा सुनसरीको हरिनगर गाउँपालिका–६ का २६ वर्षीय लुकमान अंसारी र भारतको पूर्णिया जिल्ला, राजदमपुर पञ्चायत वडा नं. ९ का २८ वर्षीय एमलि मझाल रहेका छन्।

प्रहरीले उनीहरूलाई उक्त पदार्थ र मोटरसाइकलसहित नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

५ वर्ष कैद सजाय तोकि ...

सुनसरी/ इलाममा २२ वर्षअघि भएको ज्यान मुद्दामा दोषी ठहर ...

मोटरसाइकलको ठक्करबाट ...

मोरङ/ मोरङको ग्रामथान गाउँपालिकामा मोटरसाइकलको ठक् ...

२८ किलो गाँजा र बियर ...

सुनसरी/ मोरङको जहदा गाउँपालिकामा सफारीभित्र लुकाएर ल्या ...

मलद्वारमा लुकाएर ल्य ...

सुनसरी/लागूऔषध लुकाएर ओसारपसार गरेको आशंकामा सुनसरीको इ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved