वराहक्षेत्र मेयर लिग कप : वडा नं २ र ३ को लगातार दोस्रो जित, वडा नं ७ बाहिरियो संगम विष्ट

  • फागुन १८, २०८१
  • कोशीपत्र/संवाददाता
alt

चतरा/वराहक्षेत्र नगरपालिकामा जारी तेस्रो संस्करणको वडा स्तरीय वराहक्षेत्र मेयर लिग कप रनिङ्ग शिल्ड फुटबल प्रतियोगिता अन्तर्गत शनिबार सम्पन्न खेलमा वडा नम्बर २ र वडा नम्बर ३ ले लगातार दोस्रो जित हासिल गरेका छन्।

पहिलो खेलमा वडा नम्बर २ ले वडा नम्बर ४ लाई १-० ले पराजित गर्दै समूह बिजेता बन्यो। जितसँगै वडा नम्बर २ ले ६ अंक जोड्दै नकआउट चरणमा प्रवेश गरेको छ।

वडा नम्बर ४ ले ३ अंक जोड्दै समूह उप-बिजेता बन्दै अन्तिम चरणमा स्थान बनाउन सफल भयो। खेलमा निर्णायक गोलकर्ता दीपेश तामाङ म्यान अफ द म्याच घोषित भए। उनले नगद २,१०० रुपैयाँ र ट्रफी प्राप्त गरे।

दोस्रो खेलमा वडा नम्बर ३ ले वडा नम्बर ७ लाई १-० गोलअन्तरले हराउँदै नकआउट चरणमा स्थान सुरक्षित गर्यो। पहिलो संस्करणको विजेता वडा नम्बर ३ ले ६ अंक जोड्न सफल भयो भने वडा नम्बर ७ १ अंक मात्र जोड्दै प्रतियोगिताबाट बाहिरियो।

खेलमा एक गोल गरेका अनिसहाङ लिम्बु म्यान अफ द म्याच घोषित भए। उनले नगद २,१०० रुपैयाँ र ट्रफी जिते।

प्रतियोगिता अन्तर्गत आईतबार वडा नम्बर ८ र वडा नम्बर ९ तथा वडा नम्बर ६ र वडा नम्बर १० बीच प्रतिस्पर्धा हुनेछ।

नगर खेलकुद विकास समितिको आयोजनामा देबिघाटस्थित बसन्त ऋतु माध्यमिक विद्यालयको खेलमैदानमा जारी प्रतियोगिता "खेलकुद हाम्रो सान, खेलाडी उत्पादन गर्ने हाम्रो अभियान" भन्ने नाराका साथ संचालन भइरहेको छ।

1740891197115

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

घर फर्किने बाटो नै अ ...

धरान/ खोटाङमा शनिबार साँझ परेको अविरल वर्षापछि आएको आकस ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–७ पानमारा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved