यातायात व्यवसायीको घोषणा: भोलिदेखि सवारी साधन थन्क्याउँदै सेवा ठप्प

  • जेठ १८, २०८२
  • कोशीपत्र/संवाददाता
alt

काठमाडौं/ सार्वजनिक यातायात व्यवसायीहरूले गण्डकी प्रदेश सरकारको निर्णयप्रति विरोध जनाउँदै भोलिदेखि सवारी सेवा ठप्प पार्ने घोषणा गरेका छन्।

गण्डकी सरकारले ‘राइड सेयरिङ’का नाममा नीजि सवारी साधनलाई यात्रु ओसारपसारमा प्रयोग गर्न दिएको भन्दै आन्दोलित व्यवसायीहरूले जेठ १९ गतेदेखि गाडी ग्यारेज वा घरमा थन्क्याउने निर्णय गरेका हुन्।

नेपालका सातवटा यातायात संगठन—सार्वजनिक यातायात केन्द्रीय महासंघ, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, नेपाल यातायात व्यवसायी महासंघ, नेपाल यातायात मजदुर संघ, अखिल नेपाल यातायात मजदुर संघ, एकीकृत समाजवादी यातायात मजदुर संघ र नेपाल यातायात स्वतन्त्र मजदुर संगठन—ले आइतबार संयुक्त विज्ञप्ति जारी गर्दै सेवा बन्दको घोषणा गरेका हुन्।

व्यवसायीहरूले गण्डकी प्रदेश सरकारको निर्णय संविधानको धारा ५७(६)(३ वा ५) तथा सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा ८(२) र दफा १२(१) विपरित भएको दाबी गर्दै निर्णय खारेज गर्न माग गरेका छन्।

उनीहरूले पटक–पटक संघीय र प्रदेश सरकारलाई ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएपछि सेवा बन्द गर्नु परेको बताएका छन्।

"आजसम्म पनि नेपाल सरकारले सुनुवाइ नगरेको हुँदा बाध्य भई हाम्रा सवारी साधन मिति २०८२ जेठ १९ गतेदेखि घर, ग्यारेजमा थन्काएर आन्दोलनमा उत्रिने निर्णय गरिएको हो," विज्ञप्तिमा उल्लेख छ।

व्यवसायीहरूले सेवा बन्दका कारण यात्रु तथा सरोकारवालाहरूलाई पर्न सक्ने असुविधाको जिम्मा सरकारले लिनुपर्ने चेतावनीसमेत दिएका छन्।

बिज्ञप्ती हेर्नुस् :

1748779609385

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved