"हात्तीको आतङ्कले पीडित झापालीको सडकमा आक्रोश: नगरपालिकामा १५ बुँदे ध्यानाकर्षण पत्र"

  • जेठ २३, २०८२
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर/ हात्ती आतंक नियन्त्रणको माग गर्दै झापाको बाहुनडाँगीमा बिहीबार हात्तीपीडितहरुले प्रदर्शन गरेका छन्। हात्तीपीडित युवा समूहको अगुवाइमा मेचीनगर नगरपालिकामा उनीहरुले नाराबाजीसहित प्रदर्शन गर्दै १५ बुँदे ध्यानाकर्षण पत्र बुझाएका हुन्।

प्रदर्शनमा सहभागी पीडितहरुले ‘हात्ती चराउन पाइँदैन, राहत हामीलाई चाहिँदैन’, ‘हात्ती चराउन पाइँदैन, आँशु बेच्न पाइँदैन’, ‘हात्ती आयो पारिको, मकै खायो बारीको’ जस्ता नारा लगाएका थिए। उनीहरुले हात्ती व्यवस्थापनको स्थायी समाधान खोज्न सरकारको ध्यानाकर्षण गराएका छन्।

पीडितहरुको भनाइमा, पहिले सोलार फेन्सिङ जडान गरिएपछि हात्ती आतंक केही हदसम्म नियन्त्रणमा आएको थियो। तर, अहिले सोलार फेन्सिङ बिग्रिएको कारण फेरि हात्तीको आतङ्क बढ्दै गएको छ।

उनीहरुले सम्बन्धित निकाय तथा जनप्रतिनिधिले समस्यालाई वेवास्ता गरेको गुनासो गरेका छन्। ‘सरकार हात्ती करिडोरको चर्चा मात्रै गर्छ, तर पीडितको जीवनमा चासो देखाउँदैन’, एक पीडितले भने।

हात्ती आतंकका कारण हजारौं बिघा खेतीयोग्य जमिन बाँझो रहनुका साथै स्थानीय कृषकले धानको सट्टा सुपारी खेती गर्न थाले पनि हाल हात्तीले सुपारीका रुखसमेत भाँच्न थालेको गुनासो गरेका छन्।

मानव–हात्ती द्वन्द्वले झापाको बाहुनडाँगी क्षेत्र विगत लामो समयदेखि प्रभावित रहँदै आएको

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved