विजयपुर अस्पतालमा अन्तर्राष्ट्रिय नर्सिङ दिवस मनाइयो

  • वैशाख २९, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ धरान–१० मा रहेको विजयपुर अस्पतालमा सोमबार अन्तर्राष्ट्रिय नर्सिङ दिवस मनाइएको छ । 

पाँच वर्षभन्दा बढी समयदेखि अस्पतालमा सेवा गरिरहेका दुईजना नर्सलाई सो अवसरमा ‘नर्स अफ दी इयर’ सम्मान प्रदा नगरिएको थियो ।

यो सम्मान प्राप्त गर्ने नर्सहरूमा इमर्जेन्सी विभागका वरिष्ठ अनमी टीका शङ्कर र आईसीयू विभागका वरिष्ठ स्टाफ नर्स रञ्जिता आले मगर छन् । उनीहरूलाई ट्रफी र नगदसहित अन्य उपहारहरू पनि प्रदान गएिको थियो । 

त्यसैगरी, अस्पतालमा पाँच वर्षभन्दा बढी सेवा गरेका अन्य पाँचजना नर्सहरूलाई पनि ट्रफीसहित सम्मान गरिएको प्रमुख अस्पताल प्रशासक इन्दु नेपाल योन्जनले जनाए ।

यसरी सम्मान प्राप्त गर्नेहरूमा वरिष्ठ स्टाफ नर्सहरू दीक्षा तामाङ, शिला तामाङ र ज्योति भुजेल तथा वरिष्ठ अनमीहरू शारदा दर्जी र रनमाया राई छन् ।

मेट्रोन मञ्जु लम्सालको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि अस्पतालका अध्यक्ष डा. पङ्कज खतिवडा थिए ।

कार्यक्रममा मेडिकल निर्देशक डा. जनक दास कठबनियाँ, प्राइम भिजन इन्टरनेसनल कलेजका प्रमुख कार्यकारी अधिकृत अभिषेक श्रेष्ठ र प्राइम भिजन इन्टरनेसनल कलेजका निर्देशक अनिल श्रेष्ठ पनि उपस्थित थिए ।

 1747056065094 1747056068445

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved