कोरोना भाइरस एउटा नमिठो तर लोकप्रिय परम्पराजस्तो बन्यो । जसको पनि मुखमा झुन्ड्यो । नबुझे पनि बुझेजस्तो हुनथाल्यो । संसारमा धेरैचोटी महामारीका घटनाहरु देखिएका हुन् । तर एकैचोटी एउटै अस्त्रले सिङ्गो सिस्टमलाई लक लगाउने अस्त्र भने कोरोना भाइरस ( कोभिड १९) नै देखियो । के बालक के युवा के बृद्ध सबैका दैनिकीहरु लकडाउनको फन्दामा परे । हरेक देशका सरकारले लकडाउनको अभ्यास गरे । मानवीय नियन्त्रणभन्दा बाहिर कोरोना जान थालेपछि बिकल्पहरु खोज्दै लकडाउनको सिस्टमलाई बिस्तारै परिवर्तन गर्न थाले । मानव बस्तीमा कोरोना छिरेपछि धेरै आतङ्क सिर्जना गर्यो । तर पनि मानव जाति डराएन र मानवले लखरलखर गरेकै भरमा धेरै देशक
प्राचीन ग्रीसका महान दार्शनिक प्लेटो ठान्थे- "साहित्यले मानिसलाई भ्रष्ट बनाउछ ।" यो किन भने होला आश्चर्य लागेर आउछ ! मानिसको भावनात्मक र संवेदनात्मक पक्षलाई मात्रै साहित्यले उठाईदिए पाठकलाई बौद्धिक रूपमा झन् कम्जोर बनाइरहेको हुन्छ नै, नकार्न सकिन्न । यसर्थ, साहित्य, बौद्धिक दृष्टिकोणबाट जीवन र जगत नियाल्ने माध्यम बनिनुपर्छ भन्ने मत दार्शनिक प्लेटोको रहेकोे पाइन्छ । प्रेमिल जोडीहरू जुहारी खेलेर हाटबजारी कृति मात्रै संस्मरण गर्न खोजेका हुन् सम्झियौं भने प्लेटोको माथिको भनाई अनुसारको जवाफ कविहरूले दिन तयार हुनुपर्ने हुन्छ । काल्पनिक साहित्यहरू नपढिने होइन तर अहिले उति पढिन्न । समयसँगै विज्ञान
आज महावीर स्वामी जन्म जयन्ती, हरेक वर्ष चैत महिनाको शुक्ल पक्षको त्रयोदशी तिथिमा यो जन्म जयन्ती मनाइन्छ । महावीरले जैन धर्मको खोजसँगै यस धर्मका प्रमुख सिद्धान्तहरुको प्रतिपादन गरेका थिए । महावीर स्वामीलाई जैन धर्मका २४ औं तीर्थकर तथा भगवान्का रुपमा पूजा गरिन्छ । त्यसैकारण यस दिन भगवान् महावीरको शोभा यात्रा निकालिन्छ, जसमा जैन धर्मका अनुयायीहरुको ठूलो सहभागीता रहन्छ । तर यसपटक कोरोनाका कारण आफ्नै घरमा उनीहरुले पूजा गर्नेछन् । वर्द्धमान महावीरको जन्म भारतको बिहार राज्यको बैशाली भन्ने ठाँउ नाजिकको कुन्द ग्राममा ५९९ ईसा पूर्वमा भएको थियो। वर्द्धमान महावीरकी आमा त्रिशला, वैशालीको शक्तिशाली र प्रसि
धरान / धरानमा चैते दशैको उपलक्ष्यमा धरान २ माछा भौडीमा कविहरुको जमघट भयो । २२ जना सहभागी कविहरुले पालै पालो कविता वाचन गरे । कविताको भाव पहिचान, विद्रो र प्रेमभावसँग सम्बन्धित थियो । उनीहरुले प्रस्तुत गरेका कवितामा यी तीन कुरा विशेष रुपले आवाजको रुपमा उठाएका थिए । यो जमघटको अवसर भानु क्लब भेट्रान्सले जुराई दिएको थियो । कविहरुले प्रस्तुत गरेको कवितामा देशकाल परिस्थिति, प्रेम, पहिचान, पर्यावरणीय र मुन्धुममा आधारित बिम्ब, मिथक र प्रतीकले सुसज्जित कवितामा केन्द्रित थियो । कविहरु देवान किराँती, राज माङ्लाक, प्रदीप मेन्याङ्बो, इन्दु योन्जन, राज आशातित, विशाल नाल्बो, विवेक विवश रेग्मी, क
बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले खाद्य पदार्थमा जीवनाशक विषादीको अवशेषको अधिकतम सीमा निर्धारण गर्ने विषय थप छलफलका लागि सम्बन्धित समितिमा पठाउने निर्णय गरेको छ । यो निकै महत्वपूर्ण निर्णय हो । अहिले भारतबाट आयात हुने तरकारी तथा फलफूलमा जीवनाशक विषादीको मात्रा मापदण्डभन्दा बढी हुने गरेको कतिपय विशेषज्ञहरूले बताउने गरेका छन् । यसरी मापदण्डभन्दा बढी मात्रामा जीवनाशक विषादी प्रयोग गरिएका तरकारी र फलफूल मानव स्वास्थ्यका लागि प्रतिकूल हुने स्पष्ट छ । त्यसकारण यस्ता खाद्यपदार्थको बिक्री वितरणमा रोक लगाउनु आवश्यक छ । यसका लागि सर्वप्रथमतः खाद्य वस्तुमा जीवनाशक विषादीको अधिकतम अवशेष निर्धारण हु
शहरमा अव्यवस्थित रूपमा झुण्डिएका इन्टरनेट तथा टेलिफोनका तारले शहरलाई कुरूप बनाएको छ । तारको गुजुल्टोले शहरको आकाशलाई एकसाथ फोहोर र जोखिमयुक्त बनाएको छ । यस्ता गुजुल्टिएका तारले कतिपय स्थानमा त जोखिम पनि बढाएको छ । कतिपय स्थानमा तारहरू मान्छेले भेट्ने गरी तलसम्मै झुण्डिएका देखिन्छन् । त्यस्ता स्थानमा दुईपाङ्ग्रे सवारी साधन अल्झिएर दुर्घटनाग्रस्त हुने जोखिम देखिन्छ । सेवा प्रदायक कम्पनीहरूले यस्ता तारलाई व्यवस्थित गर्नु आवश्यक छ । पोल र सडकमा तार अव्यवस्थित हुँदा शहर फोहोर देखिएको छ । शहरलाई सुन्दर र सुरक्षित बनाउनु सरकारसँगै हरेक नागरिकको दायित्व हो । त्यसकारण इन्टरनेट तथा टेलिफोन सेवा प
नेपाल सरकार आफ्ना नागरिकहरूप्रति कति जिम्मेवार र उत्तरदायी छ भन्ने यथार्थ बताउने घटनाहरू प्रशस्त छन् । यी घटनाहरूबाट सरकारको गैरजिम्मेवार र अनुत्तरदायी चरित्र छर्लङ्ग हुन्छ । भारतबाट आउने तरकारीमा विषादी परीक्षण गर्ने पछिल्लो प्रयासबाट पनि सरकार पछि हटेको घटनाबाट पनि सरकारको असली अनुहार उदाङ्गो भएको छ । तरकारीको मापदण्डसहितको प्रस्ताव करीब पाँछ महिनाअघि नै मन्त्रिपरिषद्मा पुगेको भए पनि ‘भारतसँगको सम्बन्ध बिग्रने’ कारणले फाइल कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा फर्काइएको समाचार प्रकाशमा आएको छ । खाद्यान्न, तेलहन र अन्नमा आधारित पूरक बाल आहार तथा तरकारीको मापदण्ड तोक्ने र त्यहीअनुसा
इलाम कारागारमा व्याप्त बेथिति कोशीपत्र दैनिकमार्फत् सार्वजनिक भएको छ । नेपालकै पहिलो नमूना कारागारको रूपमा इलाम कारागारको भौतिक संरचना निर्माण गरिएको हो । आधुनिक विश्वमा कारागारलाई सुधारगृहका रूपमा हेर्ने गरिन्छ । यसै मान्याअनुरूप इलाम कारागारलाई पनि सुधारगृहकै रूपमा हेर्ने गरिन्थ्यो तर इलाम कारागारमा भित्रभित्रै मौलाइरहेका विकृत र विसङ्गत क्रियाकलापले कारागारको वास्तविक रूप उजागर गरेका छन् । हाम्रो देशमा देशभरिका कारागारहरूको अवस्था राम्रो नभएका सूचना र समाचारहरू विभिन्न माध्यमबाट बाहिर आइरहन्छन् । क्षमताभन्दा बढी कैदी राखिने अवस्थाका साथै खानेपानी, शौचालय, स्वास्थ्यलगायतका आधारभ
पूर्वमा कफी तथा चिया विस्तार गर्ने उद्देश्यले २०४१ सालमा धनकुटामा स्थापित चिया तथा कफी विकास बोर्ड कार्यालयले अपेक्षित रूपमा काम गर्न नसकेको समाचार प्रकाशमा आएको छ । कर्मचारी अभावकै कारण यो कार्यालयले उद्देश्यअनुसार काम गर्न नसकेको समाचारमा उल्लेख छ । ६ जना कर्मचारीको दरबन्दी रहेको सो कार्यालयमा अहिले लेखा प्रमुखबाहेक कुनै कर्मचारी छैनन् । लामो समययता प्रमुखविहीन बनेको कार्यालयले उद्देश्यअनुरूप काम गर्न नसक्नु अस्वाभाविक पनि होइन । नेतृत्वविहीन कार्यालयमा न कुनै योजना हुन्छ, न त कामको कसैले जिम्मेवारी नै लिन्छ । त्यसैले सेवा प्रवाह गर्नुपर्ने यो कार्यालय प्रायःजसो बन्द नै रहने गरेको छ । चिया
कुनै पनि स्वास्थ्य संस्थामा नर्सिङ पेसालाई महत्वपूर्ण मानिन्छ । बिरामीको उपचार प्रक्रियामा महत्वपूर्ण भूमिका निर्वाह गर्ने नर्सहरूको अभावमा स्वास्थ्य संस्थाले प्रभावकारी रूपमा सेवा प्रदाान गर्न सक्दैन । यति महत्वपूर्ण र अपरिहार्य भईकन पनि नर्सिङ पेसालाई उचित सम्मान प्रदान गर्न नसक्दा नर्सिङ पेसाप्रति नै विकर्षण सिर्जना भइरहेको छ । नर्सिङ पेसालाई गरिने भेदभाव र उपेक्षाका कारण यस पेसाप्रति आकर्षण घटेको हो । स्वदेशमै बसेर काम गर्न चाहनेहरू पनि निराश हुन थालेका छन् भने विदेशतिर आकर्षित हुनेको सङ्ख्या बढिरहेको छ । १०–१५ लाख रुपैयाँ खर्च गरेर अध्ययन गरे तापनि नर्सहरूले मासिक सातआठ हजार रुपैया