मिजार दाइलाई आह्वान

  • पुस ५, २०८१
  • कोशीपत्र/संवाददाता
alt - भीमज्वाला राई

गहिरो निद्राले क्लान्तर,

अचेत सडक किनारमा बसेर
सिलाईरहेछ, च्यातिएका सपनाहरु
चम्काईरहेछ पालिस, जिन्दगीका दागहरुमा
घोटिरहेछ ब्रस, धुलाम्य भविष्यका रेसारेसामा ।

उही काठको बाकस
उही पुराना औजारहरु
करङ भाँचिएको उस्तै छातामुनि
खियाइरहेछ, दश नङ्ग्रा , घोटेर नलीहाड
पुस्तौँदेखि, भोग चढाईहेछ रगत र पसिनाको ।

नउध्रिनेगरी तुन्नुछ, सपनाहरु
रंग भरेर हटाउनुछ, काला दागहरु
चहकिलो बनाउनुछ, सन्ततिका भविष्य
चुक्ता गर्नु छ, हिसाव किताव, शोषण र विभेदको ।

एक पटक
उथलपुथल बनाउनु छ, गाँउ, सहर र वस्तीहरु
जगाउनु छ, मूच्र्छित सडकलाई
आँधीबेहरी ल्याउनु छ चेतनाको
उडाउनु छ, उत्पीडनका धुलो, पातपतिङ्गर र चट्टानहरु
लतार्दै उच्छेद गर्नुछ कुप्रथाका रुखबुट्टा र जराहरु
हल्लाउनु छ, वेगसित पुराना घर र महलहरु
र, विनाश गर्नु छ, सदासदाका लागि
सदियौदेखिको कुरीति र विभेदहरु ।

मिजार दाइ !
अब त, तपाँई आफै पनि
चिर निद्राबाट
बौरिने बेला भएन र ? ।

४ कात्तिक २०७७

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved