१.अध्यक्ष पदमा हारेर पनि केन्द्रिय कमिटिमा मनोनित गर्दा किन नजानुभएकाे ?
२.अध्यक्ष हारे सगै केन्द्रीय सदस्य काे सफत काे वेला देखाएकाे व्यवहार पार्टी नीति विधि भित्र थियाेकी थिएन ?
३.सल्लाहाकारमा राख्दा पनि पार्टी विराेधी गतिविधि किन गर्नुभएकाे ?
४.पार्टी भित्र अल्पमतमा हुदा वहुमतीय पद्धति किन मानिएन नेता नेतृत्व र पार्टीको काे विराेध गरि पार्टी निमार्ण मा किन वाधा पार्नु भएकाे ?
५.प्रादेशिक पार्टी बनाउछु भन्दै वेला वेला अभिव्यक्तिले दिने तपाईं नै हाेइन ?
६.अध्यक्ष पाए सबै ठिक नपाए सबै बेठिक बाहिर बसेर सधै पार्टीको बिरोध मात्रै गरिरहनेलाई कुन विधि पद्धति र मान्यता जाेगाइ राख्ने ?
७.कति पटक मन्त्री हुनुभयाे थाहा छ कि छैन सधै धम्काएर लाभको पदमा पुगिरहने बानि तपाईंकाे हाे कि हैन ?
८.कुनै समय पार्टी ले मन्त्री नवनाउदा केन्द्रीय सदस्यकाे सपथ नखाएर वखडा गरेकाे र मन्त्री पाए पछि मात्र सपथ लिन गएकाे तपाईं हाेइन ?
९. यी र यस्ता विषयहरु काे वहस हुनु पर्छ कि पर्दैन ?
कम्रेड भिम रावल यस्काे जबाफ कस्ले दिने ?
तपाईं अरुलाइ मात्र औल्याउने कि तपाईं माथि लागेका गम्भीर आराेपहरुकाे जवफ तपाईं पनि दिने ?
-पर्शुराम नेपाल सचिव
नेकपा एमाले जि.क.स.धनकुटा,