पृष्ठभूमि-विद्यालयमा समुदायको प्रतिनिधिहरुले अभिभावकको प्रतिनिधित्व गर्दै, विद्यालय व्यवस्थापन समिति गठन गर्ने प्राबधान २०२८ साल देखि अनवरत रुपमा कायम छ ।
बिद्यालयका व्यवस्थापन समितिलाई आफ्नो अधिकार क्षेत्र पनि थाहा नहुने, विद्याललय समितिलाई अन्य सम्बद्ध सरोकारवाला का तर्फ बाट खोजीनिधि समेत नहुने, बिद्यालयको सिकाई उपलब्धी खस्कीदै जाने, सामुदायिक विद्यालय प्रशासन प्र.अ. समितिको अध्यक्षका विचमा समन्वय तथा बिद्यालय सुधार लगायत अन्य शैक्षिक गुणस्तरको विषयमा एकमत नभएको, निर्णयमा विवाद हुने गरेको अवस्था मा निर्णय भएता पनि कार्यान्वयन गर्ने समयमा एकले अर्कालाई सहयोत्मक भूमिकामा नरहनु सामुदायिक बिद्यालय सुधार नहुनुमा धेरै कारणहरु मध्ये माथि उल्लेखित अवस्था नै मुल रुपमा देखिन गएका तथा अभिभावकको विश्वासको वातावरण बनाउन गर्नु पर्ने गतिविधिमा मौन देखिन्छ ।
विद्यालय व्यवस्थापन समितिले फगत पद भार ग्रहण र सम्मान आदन प्रदान मा मात्र सिमित रहेको अवस्था छ । विद्यालय व्यवस्थापन समितिको आफ्नो जिम्मेवारी कर्तव्यबोध हुन सकिरहेको अवस्था छैन, यो समिति के का लागि हो र को प्रती जिम्मेवारी हुनु पर्ने हो सो को जानकारी राख्न आवश्यक छ। हाल सम्म सामुदायिक विद्यालय निराशाले ग्रसित अवस्थामा छ ।
कतिपय स्थानमा समिति आफैमा समस्या भएको देखिन्छ ।
हाल कोशी प्रदेशमा रहेका ३१६८ बिद्यालयहरु मध्ये २९४३ सामुदायीक विद्यालय रहेका छन भने सरकारबाट नमुना विद्यालयको रुपमा कार्यान्वयनमा रहेका विद्यालय ८२ वटाहरु रहेका छन ।
यी विद्यालयमा अनुगमन, अभिलेखीकरणका साथै प्राप्त उपलब्धी २९४३ लाई थाहा हुने गरी सार्वजानीक भएको छैन अन्य विद्यालयलाई उत्प्रेण जगाउन आवश्यक देखिन्छ ।
यसो भएमा दयनीय अवस्थामा रहेका विद्यालय लाई उत्प्रेरणा जगाए मात्र उपलब्धि हासिल गर्न सकिन्छ ।
सामुदायिकविद्यालय को गुणस्तर दिन प्रतिदिन खस्कदै जानुका कारणहरु
# विद्यालयका पूर्वाधारहरु सहज र गुणस्तरीय शिक्षा मैत्री छैनन ।
# विद्यलायमा आवश्यक दरबन्दी को अभाव छ ।
# विद्यालयका नाममा रहेका जग्गा व्यवस्थापन गर्न नसकेर आर्थिक स्रोत कमजोर भएको छ । साथै कानुनी झन्झट का कारण बाट समितिले चासोका साथ काम गर्न सकेको छैन ।
# अभिभावक शिक्षा सम्बन्धिको कार्यक्रम व्यवस्थित हुन सकेको छैन ।
बर्षों देखि अध्यायनरत शिक्षकलाई समानुकुल र पुनर्ताजगी गराउने खाल को कार्यक्रमहरु वार्षिक कार्यतालीका मा समावेश गर्न नसक्नु ।
# अभिभावक, शिक्षक र विद्यालय प्रशासन एवं विद्यालय व्यवस्थापन समिति आफ्नो जिम्मेवारीका बारे मा जानकारी छैनन। साथै जानकारी दिने किसिमका कुनै कार्यक्रमहरु समेत हुन सकेको छैन
# विद्यालय व्यवस्थापन समितिको गठन पश्चात तत्काल नै जानकारी मुलक कार्यक्रम तय हुन पर्दछ ।
# विद्यालय व्यवस्थापन समितिको मुल्याङ्गन हुन पर्दछ ।
# व्यबस्थापन समिति र प्र.अ को समन्वयको अभाव देखिन्छ
# क्षमतावान शिक्षकको उचित मुल्याङ्कन मा समस्या देखिन्छ ।
माथी उल्लेखित विवरण सहित क्षमताबान शिक्षकको पहिचान र प्रयोग उचित ढंगले हुने हो भने मात्र सामुदायीक विद्यालय गौरव गर्न लायक हुन्छन ।
उदेश्य
“हामी सुधाछौं हाम्रो विद्यालय“ भन्ने मुल नारालाई साकार तुल्याउनु मुख्य उद्देश्य
प्रस्तुत कार्यक्रममा यस महासंघको नियमित कार्यक्रम अन्तर्गत सामुदायिक विद्यालय महासंघ ले विद्यालय व्यवस्थापन समिति, विद्यालय प्रशासन र प्र.अ.का विचमा जिम्मेवारी बोध गराउदै कार्य क्षेत्र प्रति स्पष्टता कायम गर्ने गरी उत्प्रेरणा जगाउदै दुवै पक्षलाई एक अर्का का पुरकको रूपमा स्थापित गर्ने प्रयास स्वरूप कोशी प्रदेशमा शैक्षिक सुधारको अभियान लाई यसै सन्देश मार्फत अभिभावकलाई समेत सामुदायिक विद्यालय सुधार तर्फ लागेको सन्देश दिन सामुदायिक विद्यालय महासंघको स्थापना भएको हो र आज स्थापनाको ११ औ स्थापना दिवसको अवसरमा सामुदायिक विद्यालय सुधारमा व्यवस्थापन समितिको भूमिका का विषयमा गोष्ठि मार्फत “हामी सुधाछौं हाम्रो विद्यालय“ भन्ने मुल नारा लाई साकार तुल्याउने अवसर प्रदान गर्ने उदेश्य लिएको छ ।
हाम्रो दायित्व
हाम्रा सामुदायिक विद्यालय सुधार्ने हो भने आम मानिसले वर्षों देखि भन्दै आएका केही कुरालाई गलत सावित गर्न सक्नुपर्छ । जस्तैः ’सामुदायिक विद्यालयमा राम्रो पढाइ हुँदैन, राजनीति बढी चल्छ,
शिक्षकहरू गफ गरेर नै समय बिताउँछन्, नियमित रूपमा कक्षाकोठामा उपस्थित हुँदैनन् र जति तालिम पाएका भएता पनि विद्यार्थीलाई राम्रोसित सिकाउँदैनन आदी त्यती मात्र नभएर उनीहरू संस्थागत विद्यालयमा लगानी कर्ताको रुपमा रही आफ्ना छोराछोरीलाई पनि त्यतै भनी गर्छन । सामुदायिक विद्यालय भनेको त गरीब, दलित पिछडिए का बर्गले मात्र पढ्ने र पढाउने ठाउँ हो जस्तो भइरहेको छ र यसको सामाधानका लागी पनि विद्यालय व्यवस्थापन समितिले यो गलत धारणा हो भन्ने पुष्टि गर्ने भूमिका निभाउन जरुरी छ ।
यि माथि भनिएका जस्ता कुराहरुलाई गलत सावित गराउने इच्छा, जाँगर र प्रतिबद्धता छैन भने सामुदायिक विद्यालयको अवस्था सुधार गर्न सकिदैन । तर हामीले सामुदायिक विद्यालयको अवस्था सुधार गर्ने पर्छ, किनभने यहाँ पर्याप्त मात्रामा तालिम प्राप्त योग्य शिक्षकहरू छन ।
भौतिक संरचनापनि केही उपयुक्त नै छन र सबै भन्दा मुख्य कुरा, त्यसो न गर्ने हो भने मुलुकले दशकौ सम्म खर्च गरेको राज्यको स्रोत साधन खेर जान सक्छ र गरीब का छोराछोरीहरु राम्रो संग पढन पाउदैनन र अकर्को पुस्ता पनि गरीबीको कुचक्र मा फस्न सक्छ। त्यसैले शैक्षिक गुणस्तर अभिवृद्धिका लागि सम्पूर्ण सरोकारवालाहरू जुट्नुको विकल्प छैन ।
शिक्षकको भूमिका
एउटा भनाई छ: शिक्षक उडे विद्यार्थीहरु दर्गुछन । शिक्षक दौडिए विद्याथीहरु हिंड्छन । शिक्षक हिडे विद्यार्थीहरु लवन्छन र शिक्षक लत्रिए विद्याथीहरु ओइलाउँछन । शिक्षक स्वयं पनि समाज को उदाहरणीय पात्र बन्न सक्नुपर्छ । प्रविधिलाई पछ्याउन सक्ने हुनुपर्छ । शिक्षकको बढुवा गर्दा उसको कार्यक्षमता, कौशलता, सिकाइ उपलब्धि र प्रविधिको आधारमा गर्ने व्यवस्था हुनु पर्दछ । हाम्रा होइन राम्रा, योग्य, दक्ष, सक्षम र बालमैत्री व्यवहार गर्न सक्ने व्यक्ति शिक्षक हुनुपर्छ ।
विद्यार्थीको भूमिका
विद्यालयका प्राण विद्यार्थी नै हुन्। विद्यार्थी अनुशासित, परिश्रमी, लगनशील र नियमित भए भने उनीहरूको भविष्य उज्यालो हुन सक्छ । तर उनीहरूलाई अनुशासित, परिश्रमी, लगनशील बनाउने कसरी भन्ने प्रश्नको जवाफ भने सजिलो छैन ।
हामीलाई व्यवहारोपयोगी शिक्षा चाहिन्छ । विभिन्न विषयमा धेरै नम्बर ल्याएर मात्र पुग्दैन, त्यसै अनुसारका व्यवहार र सीप पनि जान्नु पर्छ। काम र उद्यमशीलता प्रति आस्था र सम्मान गर्ने, जिज्ञासु र अध्ययनशील विद्यार्थी उत्पादन गर्नु नै आजको प्रमुख आवश्यकता हो भन्ने लाग्दछ ।
अभिभावकको भूमिका
विद्यालयमा विद्यार्थी छोराछोरी- पठाइ दिदैमा आफ्नो सम्पूर्ण दायित्व पूरा भएको महसूस गर्ने अभिभावक हुनु हुँदैन ।
कम्तीमा पनि विद्यालयमा आफ्ना बच्चाको लागि आवश्यक सामग्री छ वा छैन ? आफ्ना छोराछोरीहरू विद्यालय कसरी जान्छन् ? कुन बेला कसरी घर आउँछन ? गृहकार्य गर्छन वा गर्दैनन ? विद्यालयमा नियमित छन वा छैनन ? संगत कस्तो छ ? कतिबेला सुत्छन ? कतिबेला उठ्छन ? घरमा मिहिनेत गर्छन वा गर्दैनन ? जस्ता सामान्य कुरा हरूको ख्याल गर्नु अभिभावकको जिम्मेवारी हो । समय समयमा विद्यालय जाने र आफ्ना बच्चाको अवस्था के कस्तो छ भनेर शिक्षकसँग बुझनु पर्दछ ।
बालबच्चा को अगाडि अभिभावकले कहिल्यै पनि धूम्रपान, मद्यपान, सूर्तीको सेवन गर्नु हुदैन । उनीहरूको अगाडि जुवा तास पनि खेल्नु हुँदैन र त्यस्ता सामग्रीहरूको ओसार पसारमा समेत बालबालिका लाई प्रयोग नगर्ने र नगराउने अभिभावक हुनु पर्दछ ।
व्यवस्थापन समितिका प्रमुख कार्यहरू
व्यवस्थापन समितिले विद्यालयको उचित सञ्चालन र व्यवस्थापनका लागि जिम्मेवार हुन्छन । यसले विद्यालयका महत्वपूर्ण क्षेत्रहरूमा ध्यान केन्द्रित हुन जरुरी छ ।
१. नीति निर्माण र योजना:
व्यवस्थापन समितिका सदस्यहरूले विद्यालयको दिर्घकालीन र क्षेत्रीय योजना विकास गर्न महत्वपूर्ण भूमिका खेल्छन । विद्यालयका लागि आवश्यक नीति र रणनीतिहरू निर्माण गर्दा, क्षेत्रीय आवश्यकता काआधारमा निर्णय गरिन्छ । यसमा स्थानीय तहको अभिभावक र पालिका संगको वाती र समन्वय गरिनु आवश्यक छ।
२. स्रोतको व्यवस्थापन:
स्रोत व्यवस्थापन भनेको विद्यालयका भौतिक, वित्तीय, र मानव संसाधनहरूको उचित व्यवस्थापन गर्नु हो । व्यवस्थापन समितिले विद्यालयमा आउने चन्दा, सरकारी अनुदान र अन्य सहयोगी स्रोतहरूको सही प्रयोग र खर्चको दृष्टिकोण राख्नुपर्छ । यसमा वित्तीय पारदर्शिता र लेखा प्रणालीको विकास पनि आवश्यक छ ।
३. शिक्षक र विद्यार्थीको उत्प्रेरणा:
शिक्षक र विद्यार्थीको उत्प्रेरणा विद्यालयको सुधारमा महत्वपूर्ण रहन्छ । व्यवस्थापन समितिहरूले शिक्षकहरूको गुणस्तर र समर्पण बढाउनका लागि विभिन्न तालिम र कार्यशालाहरूको आयोजना गर्न सक्दछन । यसले शिक्षकहरूको व्यावसायिक विकासमा मद्दत पुग्नेछ । तालिमको सहभागितामा ७५५ शिक्षकहरूले राम्रो परिणाम प्राप्त गरेको अध्ययनले देखाएको छ ।
४. समुदाय सम्मिलितता र सम्बन्ध:
स्थानीय समुदायसँगको सम्बन्ध प्रगाढ बनाउन व्यवस्थापन समितिहरूले नियमित रूपमा अभिभावक सगं शैक्षिक चासोको विषयमा छलफल, र अन्य सामुदायिक गतिविधिहरूको आयोजना गर्नुपर्छ ।
यसले विद्यालयमा सामुदायिक सहभागिता वृद्धि गर्नेछ र विद्यालयको मान्यता अभिवृद्धि गर्नेछ ।सामुदायिक विद्यालयहरूमा सुधारको आवश्यकताका कारणहरू
१. गुणस्तरको कमी
सामुदायिक विद्यालयहरूमा गुणस्तरीय शिक्षाको अभाव भएको छ। यसले विद्यार्थीहरूको सीप र क्षमता विकासमा नकारात्मक प्रभाव पार्दछ ।
२. सामुदायिक चासोमा कमी
सामुदायिक विद्यालयहरूको विकासमा समुदायको चासो र सहभागिता न्यून रहेको देखिन्छ । यसले विद्यालय सुधारका प्रयासमा अवरोध उत्पन्न गर्दछ ।
३. आधारभूत पूर्वाधारको कमी
सामुदायिक विद्यालयका भौतिक पूर्वाधार र साधनहरूको कमीका कारण पनि गुणस्तरीय शिक्षा दिन सकिदैन । जग्गा व्यवस्थापन गर्न नसकेर आर्थिक स्रोत कमजोर रहेको छ । कानुनी समस्या भएको कारण उचित प्रयोगमा ल्याउन सकिएको छैन ।
चुनौती र अवसरहरू
व्यवस्थापन समितिहरूले सामुदायिक विद्यालय सुधारमा विभिन्न चुनौतीहरूको सामना गर्नु पर्दछ । यहा केही प्रमुख चुनौती र अवसरहरू प्रस्तुत गरिएको छ ।
चुनौतीहरू
वित्तीय सीमितता: सामुदायिक विद्यालयहरूमा बजेटको अभाव हुन्छ, जसले विद्यालय सुधारका प्रयासमा अवरोध पुर्याउँछ ।
प्रशिक्षणको अभाव: व्यवस्थापन समितिका सदस्यहरूलाई आवश्यक प्रशिक्षणको अभावले निर्णय लिने क्षमतामा बाधा पुर्याउँछ ।स्थानीय राजनीतिक दबाब सामुदायिक विद्यालयहरूमा स्थानीय राजनीतिक चासोका कारण व्यवस्थापन समितिका निर्णयहरूको प्रभावकारितामा कमी आउन सक्छ ।
अवसरहरू
स्थानीय समुदायको समर्थनः समुदायको सक्रिय संलग्नता र समर्थनले विद्यालय सुधारमा ठूलो मद्दत पुर्याउन सक्छ। अनलाइन शिक्षा र प्रविधि प्रविधिको उपयोगले शिक्षाको गुणस्तरमा सुधार गर्न उत्कृष्ट अवसर प्रदानगर्दछ ।
सरकारी अनुदान र सहयोगः सरकारी र गैरसरकारी संस्थाहरूको सहयोग र अनुदानले सामुदायिक विद्यालयहरूको सुधारमा सहायक प्रभाव पार्न सक्छ ।
निष्कर्ष
सामुदायिक विद्यालयको सुधार सम्भव छ र सुधार गर्न सकिन्छ । त्यसका निम्ति सबै सरोकारवालाले पहिले आफैबाट परिवर्तन शुरू गर्नु पर्छ । सुधारिए पछि सामुदायिक विद्यालयको महत्व बढ्छ ।
शिक्षकको मान, प्रतिष्ठा र स्वाभिमान पनि उच्च हुन्छ, तत्पश्चात सामुदायिक विद्यालयमा विद्यार्थी भना गर्ने अभिभावकको लर्को लाग्दछ । सामुदायिक विद्यालय सुधारमा व्यवस्थापन समितिहरूको भूमिका अत्यन्त महत्त्वपूर्ण छ ।
तिनीहरूले नीति निर्माण देखी स्रोत व्यवस्थापन, शिक्षक र विद्यार्थीको उत्प्रेरणा र समुदायमा सम्मिलितता जस्ता अनेकौं कार्यक्रमहरू मा काम गर्दछन । यद्यपि विभिन्न चुनौतीहरूको सामना गर्ने क्रममा व्यवस्थापन समितिहरूलाई सक्षम बनाउन र सामुदायिक सहभागितालाई सुनिश्चित गर्नका लागि उत्तरदायी कदम चालेको देखिन्छ ।
समग्रमा, व्यवस्थापन समितिहरूको प्रभावकारी कार्यान्वयन, स्थानीय समुदायको सक्रिय संलग्नता र शैक्षिक गुणस्तरको सुधारका लागि निरन्तर प्रयासले सामुदायिक विद्यालयहरूलाई एक नया दिशा दिन सकिन्छ भन्ने कुरा सफल विद्यालयको अभिलेख बाट देखिएको छ ।
यस यात्रामा, सामुदायिक विद्यालयलाई सुधार गर्नका लागि विद्यालयका प्र अ. शिक्षक संग संयोजन गर्ने क्षेत्रमा व्यवस्थापन समितिहरूको योगदान सहायक र प्रेरणादायी रहन्छ ।
अन्तमा, प्रस्तुत अवधारणलाई एउटा निश्चित दिशा प्रदान गर्नका लागि विशिष्ठ अतिथि, अतिथि लगायत सहभागी हरुको तर्फबाट अत्यन्तै गहन धारणा र विचार राख्न को लागि अनुरोध गर्दै आजको छलफलको निश्कर्ष कोशी प्रदेश सभामा विषय प्रवेश पाउने र कोशी प्रदेशमा उदाहरणीय प्रदेश हुने आशा र भरोसा पनि राख्दछौ ।
साथै यो कार्य सम्पादन गर्न सामुदायीक विद्यालय व्यवस्थापन समिति महासंघ नेपाल सहयोगी भूमिका निर्वाह गर्न सक्छ भन्ने विश्वास दिलाउन चाहन्छौ ।