सुच्चा राईकल्याणकारी समाजद्वारा जेष्ठ नागरिक सम्मान

  • फागुन २४, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/सुच्चा राईकल्याणकारी समाजले आफ्नो २५ औँ वार्षिकोत्सवको अवसरमा जेष्ठ नागरिकलाई सम्मान गरेको छ । समाजले धरानका दुई जेष्ठ नागरिक र भवन निर्माणमा योगदान पुर्याउने एक व्यक्तिलाई विशेष सम्मान गरेको हो ।

धरान-२, भानुचौकस्थित लोकतान्त्रिक चौतारीमा आयोजित रक्तदान कार्यक्रम तथा सम्मान समारोहमा भोजपुरको रामप्रसाद राई गाउँपालिका-२ कटुञ्जे निवासी, हाल धरानमा बसोबास गर्दै आएकी ८६ वर्षीया गंगादेवी वास्तिम तथा मानेडाँडा निवासी ९८ वर्षीय मेघजित सुच्चा राईलाई सम्मान गरिएको थियो ।

समाजका अध्यक्षले भाषा, पहिचान र संस्कृतिको संरक्षणमा उहाँहरुले खेलेको भूमिकाको कदर गर्दै भविष्यमा पनि अग्रजहरूलाई सम्मान गर्दै जाने बताए ।

त्यस अवसरमा रक्तदान कार्यक्रमसमेत आयोजना गरिएको थियो । समाजका अध्यक्षका अनुसार रक्तदान कार्यक्रममा उल्लेख्य मात्रामा रगत संकलन भएको छ ।

सामाजिक कार्यमा सक्रिय रहेको समाजले भाषा, संस्कृतिलाई युवापुस्तामा पुर्याउने उद्देश्य राख्दै आएको छ ।

वार्षिकोत्सवका अवसरमा रक्तदान गर्दै आएको समाजले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा नेपाल रेडक्रस सोसाइटी, सुनसरीमार्फत रक्त सञ्चार सेवाका लागि सहयोग पुर्याउँदै आएको जनाएको छ ।

 

 

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved