इलाम क्षेत्र नम्बर- २ मा मतगणना सुरू

  • वैशाख १६, २०८१
  • कोशीपत्र/संवाददाता
alt

इलाम/  इलाम- २ मा मतगणना सुरू भएको छ।

इलाम नगरपालिका वडा नम्बर ७ मा रहेको गौतमबुद्ध सभागृहमा मतगणना सुरू भएको छ।

मतगणनाका लागि यहाँ तारजाली लगाइएको छ।

आइतबार मध्याह्न १२ बजेपछि मतगणना सुरू भएको हो।

फाकफोकथुम गाउँपालिका वडा नम्बर १ को मतदान केन्द्रमा खसेको मतबाट गणना सुरू भएको प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले  जानकारी दिए।

त्यसपछि चुलाचुली र माङसेबुङ गाउँपालिका, माई, देउमाई र इलाम नगरपालिकाको मत गणना गर्ने तयारी छ। मतपरिणाम एक घण्टाको फरकमा सार्वजनिक गर्ने मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले बताए।

मतगणनास्थलमा सुरक्षा व्यवस्था कडा बनाइएको छ। मतगणना स्थलमा ११ वटा सिसी क्यामरा जडान गरिएको छ। भीडभाड हुन नदिन चोक बजारमा डिस्प्लेमार्फत् मतगणनाको अपडेट गरिनेछ।

इलाम क्षेत्र नम्बर २ मा शनिबार उपनिर्वाचन भएको थियो।

एमाले नेता सुवास नेम्वाङ निर्वाचित इलाम–२ मा उनको निधन भएपछि उपनिर्वाचन भएको हो। शनिबार भएको मतदानमा ६० प्रतिशत मत खसेको थियो। यो क्षेत्रमा १ लाख १५ हजार ८८९ मतदाता थिए। तीमध्ये ६९ हजार २८७ जनाले मतदान गरेका छन्।

बसको डिक्कीमा लुकाइए ...

धरान/सुनसरीको कोशी गाउँपालिका–७ हरिपुरस्थित पूर्व ...

धरानका सहित ३ जना ला ...

धरान/ भारतबाट नेपाल ल्याइँदै गरेको लागूपदार्थ ब्राउन सु ...

धरान हुँदै नडाहातर्फ ...

सुनसरी/ धरान हुँदै नडाहातर्फ गइरहेको भारतीय नम्बर ...

एसईईमा उत्कृष्ट नतिज ...

धरान/ विष्णु मेमोरियल माध्यमिक विद्यालय, धरानले कक ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved