'एसईई स्पिकर’ को छनोटबाट २७ जना छानिए

  • वैशाख १६, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ कोशी प्रदेशस्तरीय ‘एसईई स्पिकर–२०८१’ को पहिलो चरणबाट २७ जना सहभागी छनोट भएका छन् ।

पहिलो चरणमा कोशी प्रदेशका विभिन्न जिल्लाबाट ३५ जना विद्यार्थी सहभागी भएको आयोजकले जनाएको छ ।

टाढा रहेका सहभागीका लागि यही वैशाख १८ गतेसम्म डिजिटल माध्यमबाट अडिसन लिने व्यवस्था गरिएको आयोजक र्याडिकल लाइट नेपालका अध्यक्ष तीर्थ कार्कीले जनाए ।

पहिलो चरणको डिजिटल अडिसनसमेत सम्पन्न भएपछि दोस्रो चरणको मिति तोकिने उनले बताए ।

पहिलो चरणमा वक्तृत्वकलाको शीर्षक ‘लागूऔषध दुव्र्यसन न्यूनीकरणमा विद्यार्थीको भूमिका’ थियो ।

प्रतियोगिताका निर्णायकहरू महेन्द्र बहुमुखी क्याम्पसका उपप्राध्यापक राजेश विद्रोही र सहिद स्मृति माविका शिक्षक टङ्क भट्टराई रहेका थिए ।

एसईई दिएर बसेका विद्यार्थीहरूको खाली समयको सदुपयोग गर्दै उनीहरूको व्यक्तित्व विकासमा सहयोग पुर्याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको र्याडिकल लाइटका अध्यक्ष कार्कीले जानकारी दिए ।1714310420886

‘एसईई स्पिकर’ को यो चौथो सिजन हो ।

प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रो र सान्त्वना स्थान प्राप्त गर्नेले क्रमशः २० हजार, १५ हजार, १० हजार, ५ हजार रुपैयाँ नगद र प्लस टु अध्ययनमा शतप्रतिशत, ७० प्रतिशत,

६० प्रतिशत र ५० प्रतिशत छात्रवृत्ति प्राप्त गर्ने आयोजकले जनाएको छ ।

 

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved